२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाणिज्य बैंकको सेवा अब ७७ जिल्लाबाटै लिन सकिने

२०७५, १० माघ बिहीबार १०:३१

माघ १०, काठमाण्डौ | सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औंँ वार्षिकोत्सवका अवसरमा आज तीन जिल्लामा शाखा विस्तार गरेको हो । 

जाजरकोट, रुकुम र मुस्ताङमा आजदेखि सञ्चालनमा आएको शाखाको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँमा डिजिटल प्रविधिबाट उद्घाटन गर्नुभयो । 

बैंकको पुल्चोक, नक्साल र हेटौँडा शाखालाई आजै ‘स्मार्ट शाखा’का रुपमा रुपान्तरण गरिएको छ । यस वर्ष २० भन्दा बढी शाखालाई स्मार्ट शाखा बनाउने योजना बैंकले अघि सारेको छ । नयाँ शाखा विस्तारसँगै सबै जिल्लामा गरेर २१७ शाखाबाट सेवा सञ्चालन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

विसं २०२२ मा आजकै दिन स्थापित बैंकको ५४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सबल र कमजोर पक्षलाई समीक्षा गर्दै नेपाल राष्ट्र बैंकको निर्देशनानुसार जनताको सेवामा चुस्त भएर लाग्न आग्रह गर्नुभयो । 

उहाँले सहुलियत कर्जा दिने विषयमा गम्भीर बन्न आग्रह गर्दै समृद्ध राष्ट्र निर्माणमा सबैको सहयोगको खाँचो औँल्याउनुभयो । “युवा स्वरोजगार, कृषि, पशुपालन र महिला उद्यमका क्षेत्रमा बैंकहरुले सहयोग गर्नुपर्छ, त्यसबाट राष्ट्रिय उत्पादनमा योगदान पुग्छ, यसतर्फ ध्यान पुगोस्”, कावा प्रम पोखरेलले भन्नुभयो । रक्षामन्त्रीले युवालाई प्रोत्साहन गरी विदेशिएका जनशक्तिलाई फर्काउन सरकारले नीति मात्रै नभई व्यावहारिक योजना अघि बढाएको समेत जानकारी दिनुभयो । 

कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही चुनौती हाम्रासामु रहे पनि विकासका लागि अर्थतन्त्र सक्षम छ भन्दै कर्जा र निक्षेपमा असन्तुलन रहेकाले यसतर्फ बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण गराउनुभयो । उहाँले सहुलियत कर्जाका विषयमा सर्वसाधारणबाट विभिन्न गुनासा आइरहेकाले अब जानकारी छैन, माथिको निर्देशन आएन भनेर आलटाल गर्न खोज्ने बैंकलाई कारवाही गरिने चेतावनीसमेत दिनुभयो । 

पछिल्लो समयमा आयात ३४ र निर्यात ११ प्रतिशतले बढेकामा हाम्रोसामु अझै ठूलो चुनौती देखिएको उल्लेख गर्दै शिवाकोटीले विलासिता र महँगा गाडी, हीरा र सुन आयात नियन्त्रण गर्नुपर्ने औँल्याउनुभयो । उहाँले बुधबार मात्रै राष्ट्र बैंकले विदेश जानेको हकमा डलर सटही ५०० बाट २०० मा झारेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल नेपालमा कर्जा लिनेको सङ्ख्या १३ लाख ३३ हजार र ५८ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन् । 

वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारी बैंक सबैको भरोसाको बैंक भएकाले सेवा उपलब्ध गराउने विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०६० सालमा रु २२ अर्ब ऋणात्मक रहेको बैंकको पूँजीकोष गत पुस मसान्तसम्ममा रु २२ अर्बले धनात्मक भएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बैंकको निक्षेप रु एक खर्ब ८२ अर्ब र कर्जा लगानी रु एक खर्ब ३४ अर्ब रहेको एवं ट्रेजरी बिल तथा अन्य लगानी रु ४५ अर्ब रहेको श्रेष्ठले जानकारी दिनुभयो । 

बैंकको कूल सम्पत्ति रु दुई खर्ब चार अर्ब पुगेको जानकारी दिँदै उहाँले यस पटकको खुद नाफा रु एक अर्ब ९६ करोड रहेको उल्लेख गर्नुभयो । आज सार्वजनिक विवरणानुसार वाणिज्य बैंकमा ३० लाखभन्दा बढी ग्राहक पुगेका छन् । सात लाख ५० हजारभन्दा बढीले मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरिरहेका छन्  | रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी