२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

४३ गाँउ विकास समितिमा घरदैलोमा लघु वित्तीय सेवा प्रदान

३० आश्विन २०७२, शनिबार १०:४२

असोज ३०, पर्बत । नेपालको पहाडी क्षेत्रमा गरिवी न्यूनिकरणका लागि क्रियाशिल लघ वित्तीय संस्था राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले पर्वत जिल्लाको कुश्मा नगरपालिका सहित जिल्लाका ४३ गाँउ विकास समितिमा घरदैलोमा लघु वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

जिल्लामा कुल एक नगरपालिका सहित ४७ गाविस रहेकोमा नगरपालिका सहित ४३ गाउ विकास समिति आफ्नो लघु वित्तीय सेवा पु¥याएको हो ।

जिल्लाका सवै गाविसमा संस्थाका सामुदायिक विकास सेवाहरु प्रवाह हुँदै आएको भएता पनि हालसम्म लघुवित्त सेवा विस्तार नभएका गाविसहरुमा रानीपानी, वर्राचौर, लेकफाँट र शालिजा रहेका छन् ।

यस आर्थिक वर्षमा जिल्लाको सवै गाविस र गाविस अन्र्तगतका विपन्न घरधुरीमा संस्थाको सेवा पु¥याउने लक्ष्य र प्रतिवद्धता रहेको संस्थाका अध्यक्ष रत्न प्रसाद अधिकारीले बताउनुभयो ।

संस्थाले जिल्ला सदरमुकाम कुश्मा लगायत पातीचौर, फलेवास, हुवास, लुँखु र थापाठानामा गरी ५ वटा शाखा कार्यालय स्थापना गरी घरदैलोमा सेवा दिंदै आएको छ । संस्थाका अनुसार हालसम्म ५ वटै शाखा अन्र्तगत ४ सय ४८ वटा महिला स्वावलम्वन केन्द्र गठन गरी ७ हजार ८ सय १७ विपन्न परिवारलाई संस्थामा आवद्ध गरिएको छ ।

आवद्ध सवै सदस्यले नियमित वचत गर्दै आई रहेका छन् भने ३ हजार ३ सय ८६ सदस्यले संस्थावाट विना धितो कर्जा लिई आयआर्जन व्यवसायमा क्रियाशिल भएका छन् । संस्थाका प्रशासन तथा वित्त प्रमुख सावित्री खत्री क्षेत्रीका अनुसार संस्थाले हालसम्म पर्वत जिल्लामा ५६ करोड ९६ लाख ७४ हजार ७१४ रुपैयाँ विना धितो लगानी गरेकोमा ४६ करोड ३४ हजार ३७४ रुपैयाँ असुली गरी हाल १० करोड ९६ लाख ४० हजार ३४० रुपैयाँ लगानीमा रही रहेकोछ । संस्थाले सदस्यको फजुल खर्चमा कमी ल्याई घरदैलोमा पुगी ५ करोड, ६९ लाख ४९ हजार १९२ रुपैयाँ निक्षेप संकलन गरेको छ ।

संस्थाले सदस्यको घरदैलोमा पुगी विना धितो शुन्य देखि २० प्रतिशतमा वढिमा २ लाखसम्म कर्जा लगानी गर्दै आई रहेको छ भने सदस्यवाट मासिक न्यूनतम १ सय ३१ रुपैयाको दरले वचत संकलन गर्ने गरेको छ ।

सदस्यहरुवाट घरदैलोमा नै पुगी वचत संकलन गर्ने र आवश्यक परेका वखत समुहमा नै पुगी फिर्ता गर्ने र संस्थामा रहेको रकममा मासिक रुपमा वार्षिक ८ प्रतिशतका दरले व्याज दिंदै आएको छ ।

संस्थाले पर्वत जिल्लामा मात्र ६ सय ३ सदस्यलाई विभिन्न कल्याणकारी सुविधाहरु प्रदान गरेको संस्थाका लघुवित्त प्रमुख विश्ववन्धु प्रसाईले जानकारी दिनुभयो । जस अन्र्तगत ३ सय ३ जनालाई सुत्केरी स्याहर सुविधा वापत ३ लाख ३० हजार रुपैयाँ, ३५ जना सदस्यका सन्ततीलाई छात्रवृत्ति वापत ४९ हजार ७ सय ८० रुपैयाँ, २६ जना सदस्यको मृत्यूमा क्रियाखर्च वापत १ लाख ४ हजार ९ सय ५० रुपैयाँ र ४३ जना सदस्यको श्रीमानको मृत्यूमा क्रियाखर्च वापत १ लाख ३४ हजार १५० रुपैयाँ सुविधा उपलवध गराइएको छ ।

यसै गरी दैविक प्रकोप राहात अन्र्तगत वाढी पहिरो प्रभावित १२ परिवारलाई १८ हजार ५ सय र १ सय ७३ जना भुकम्प प्रभावितलाई २ लाख ४० हजार १ सय रुपैयाँका साथै अन्य २ जनालाई ३ हजार ५ सय सुविधा वितरण गरिएको छ । संस्थाका अनुसार पर्वत जिल्लामा गत आर्थिक वर्षमा मात्र ११ जना कर्जा लिने सदस्यको मुत्यू हुँदा २ लाख ४० हजार रुपैयाँ कर्जा मिनाहा गरिएको छ ।

यसरी संस्थाले पर्वत जिल्लामा मात्र ६ सय ३ जनालाई १० लाख ९४ हजार ८० रुपैयाँ विभिन्न कल्याणकारी सुविधा अन्र्तगत रकम वितरण गरेको संस्थाको पहिलो शाखा कुश्मा शाखाका प्रवन्धक खिम कुमारी थापाले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने