१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गा नेविसङ्घमा दुई समिति गठन

१० माघ २०७५, बिहीबार १०:४३

माघ १०, ओखलढुङ्गा | नेपाली काङ्ग्रेस ओखलढुङ्गाको विवादका कारण नेविसङ्घ पनि फुटेको छ । लामो समयदेखि पार्टीका नेताहरु बीचको विवादको असर भ्रातृ सङ्गठन नेविसङ्घलाई परेको हो । 

सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट जिल्लामा नेविसङ्घका दुईवटा समिति गठन भएका छन्् । संस्थापन शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै समिति गठन भएको घोषणा गरेका हुन् । नेविसङ्घका केन्द्रीय उपाध्यक्ष नवीन राई र केन्द्रीय सदस्य पवन नेपालीले पौडेल पक्षधरका केन्द्रीय सदस्य भीम गौतमले देउवा पक्षका विद्यार्थीको समिति बनाउन केन्द्रीय प्रतिनिधिको भूमिका खेल्नुभएको थियो । 

नेविसङ्घको जिल्ला अधिवेशनका विषयमा आसन र भाषणको विषयलाई लिएर नेताबीच कुटाकुट भएपछि विद्यार्थी पनि विभाजित भएको नेविसङ्घका पूर्वअध्यक्ष विनोद केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेविसङ्घलाई पार्टीले हस्तक्षेपसमेत गर्न मिल्दैनथ्यो तर नेताहरुको रबैया देखाए, जिल्ला समिति नै दुई वटा बनाए ।” गाउँ तथा नगर अधिवेशनमा सहमति गरेर १२औँ जिल्ला अधिवेशनमा जुटेका विद्यार्थीहरु पनि नेताहरुले गुटगत व्यवहार गरेपछि आफ्ना नजीकका नेताहरुका पक्षमा उनीहरु लागेका छन् । 

देउवा पक्षका नेविसङ्घमा रोशन महतारा 

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरुले नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाको अध्यक्षमा रोशन महतारा निर्वाचित भएको घोषणा गरेका छन् । सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा महतारा निर्वाचित भएको घोषणा गरेका हुन् । 

महताराको अध्यक्षतामा २४ सदस्यीय नेविसङ्घ जिल्ला कार्य समिति गठन गरिएको काङ्ग्रेस जिल्ला सचिव रुद्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनबाट जिल्ला उपसभापतिमा हरिचन्द्र श्रेष्ठ र भीष्म श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै समितिको सचिवमा योगेश तामाङ र सुजन पौडेल तथा कोषाध्यक्षमा अर्चना लुइँटेल निर्वाचित भएका छन् । 

पौडेल पक्षका नेविसङ्घमा गोविन्द कोइराला 

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुले नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाको अध्यक्षमा गोविन्द कोइराला निर्वाचित भएको घोषणा गरेका छन् । बुधबार छुट्टै अधिवेशन गरेर कोइरालाको अध्यक्षतामा नयाँ समिति घोषणा गरेका हुन् । 

कोइरालाको नेतृत्वमा रहेको समितिको उपाध्यक्षमा विनोद निरौला, सचिव सुरेश ढुङ्गेल, सहसचिव हरिकुमार लुइँटेल, कोषाध्यक्ष यमुना दाहाल लगायतका १९ सदस्यीय समिति गठन गरेको नेता बालकृष्ण दाहालले जानकारी दिनुभयो । दुवै गुटका नेताहरुले आफ्नो पक्षको समिति वैधानिक र अर्को पक्षको समिति अवैधानिक भनिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट