२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

२०७५, ११ माघ शुक्रबार ०५:००

माघ  ११, जाजरकोट | जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पुर्याउँदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको हो । 

मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइलालगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको छ । रिपिटर टावरमा परेको चट्याङले त्यहाँ रहेको सोलार व्याट्री, अन्य उपकरणमा क्षति पुगेको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । दुई दिनदेखि प्राविधिक टोली कामका खटिए पनि टावर निर्माणको काम सफल नभएको उहाँले बताउनुभयो । शुक्रबार पनि टावरमा आएको समस्या निराकरण गर्न नसके नेपालगञ्जबाट थप जनशक्ति ल्याएर मर्मतकार्य गरिने भण्डारीले बताउनुभयो । 

टावरले काम नगर्दा जिल्ला सदरमुकाम र गाउँगाउँमा रहेका स्थानीय सरकारको सम्पर्क टुटेको छ । मछाइनामा रहेको टावरमा बेलाबेलामा समस्या आउँदा यहाँका हजारौँ स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । निजी क्षेत्रका सञ्चार प्रदायक कम्पनीको जाजरकोटका गाउँगाउँमा सेवा विस्तार नहुँदा नेपाल टेलिकमको सेवामा नै भर पर्नु पर्ने बाध्यता रहेको छ । 

सरकारी अस्पतालमा औषधि पाइएन् 

ठूलीभेरी नगरपालिका–६ माझपाल थर गाउँका इ गुरुङ जिल्ला अस्पताल डोल्पामा उपचारमा लागि दिनभरी हिँडेर पुग्नुभयो । 

अस्पतालमा चिकित्सकले उहाँलाई जाँच गरेर औषधि किन्न स्थानीय मेडिकल पठाएपछि समस्यामा परेको बताउनुभयो । 

टाउँको दुखेर हैरान भई उपचारका लागि अस्पताल आएका गुरुङले जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क पाइन्छन् भनेको रेडियोबाट सुनेको भन्दै उहाँले भन्नुभयो, “अस्पतालमा औषधि छैन, भन्दै मेडिकलमा पठाए, मसँग औषधि किन्ने पैसा पनि थिएन, पल्लो दुनै गएर काका घरमा गई पैसा सापटी काडेर औषधि किनेको छु ।” 

उहाँ जस्तै ठूलीभेरी नगरपालिका–११ का पदम कार्कीले श्रीमती बिरामी भएर उपचारका लागि जिल्ला अस्पतालमा ल्याएर जाँचपछि मेडिकलमै औषधि किनेर उपचार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै बिरामीलाई औषधि छैन, भन्दै स्थानीय मेडिकलमा पठाएको देखँे, जाँच मात्र अस्पतालमा हुने तर औषधि मेडिकलमा किन्नुपर्ने कस्तो अच्चम्म रहेछ ।” 

गुरुङ र कार्की औषधि किन्नुपरेको गुनासो गर्ने प्रतिनिधि पात्र हुन् । जिल्ला अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी औषधि नपाएर मेडिकलमा किन्न बाध्य भएको गुनासो गर्छन् । करीब तीन हप्तादेखि डोल्पा अस्पतालमा औषधि अभाव भए पनि सरोकारवाला निकायले औषधि आपूर्ति गर्न पहल नगरेको स्थानीयको गुनासो छ । कर्णाली प्रदेश सरकारको मातहातमा भदौदेखि आएको जिल्ला अस्पतालले ठूलीभेरी नगरपालिकाबाट पनि सोचेजस्तो सहयोग नपाएको स्थानीयको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै