2026-07-25 03:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कृषि विश्वविद्यालयको स्नातकोत्तरको भर्ना स्थगित

माघ ११, चितवन | कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ । 

विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो । 

गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै तालाबन्दी गरेपछि भर्ना प्रक्रिया स्थगन गरिएको हो । 

सो सङ्कायका डिन डा शारदा थपलियाले प्राध्यापक र विद्यार्थीबाट गुनासो आएपछि हालका लागि भर्ना स्थगन गरिएको बताउनुभयो । भर्ना प्रक्रियामा कुनै अनियमितता नभएको भन्दै उहाँले यस विषयमा विरोध गरिरहनुभएका प्राध्यापक, विद्यार्थीलगायतसँग छलफल गरी उहाँहरुलाई कुरा बुझाएर मात्र भर्ना लिने थपलियाले बताउनुभयो । आफूले विरोध जनाएकालाई वार्तामा बोलाएको बताउँदै उहाँले भर्ना प्रक्रिया नियमसम्मत भएकाले कुनै समस्या नहुने उल्लेख गर्नुभयो । 

प्रवेश परीक्षामा अनियमितता भएको भन्दै विश्वविद्यालयकै प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल विद्यार्थी सङ्घलगायतले विरोध जनाएका छन् भने नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले सो विषयमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् । 

चालकको स्वास्थ्य र सवारीको इञ्जीन परीक्षण 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सवारी दुर्घटना बढ्दै गएपछि बिहीबार चालकको स्वास्थ्य परीक्षण र सवारीको इञ्जिन जाँच गराएको छ । 

भरतपुर महानगरपालिका वडा नं १ रामनगरमा आयोजित कार्यक्रममा २०२ जना सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको छ, जसमध्ये ९९ जनाको मेडिकल र १०३ जनाको आँखा परीक्षण गरिएको हो । 

परीक्षणका क्रममा २० जनामा उच्च रक्तचाप र सात जनामा आँखाको समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार ९७ वटा सवारीको इञ्जिन परीक्षण गरिएको थियो । परीक्षणका क्रममा सवारीसाधनमा बे्रक आयल कम, प्रेसर कम, मोबिल चुहिनेलगायतका समस्या देखिएको थियो । 

चालकमा समस्या देखिएकालाई अस्पतालमा गएर उपचारपछि मात्र सवारी चलाउन निर्देशन दिइएको र सवारीमा समस्या देखिएकालाई मर्मतपश्चात् मात्र सञ्चालनमा ल्याउन भनिएको गौतमले जानकारी दिनुभयो । भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, यातायात व्यवस्था कार्यालय भरतपुर र अटो मेकानिकल्स व्यवसायी सङ्घको संयुक्त सहकार्यमा कार्यक्रम गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली