२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कृषि विश्वविद्यालयको स्नातकोत्तरको भर्ना स्थगित

११ माघ २०७५, शुक्रबार ०६:५७

माघ ११, चितवन | कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ । 

विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो । 

गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै तालाबन्दी गरेपछि भर्ना प्रक्रिया स्थगन गरिएको हो । 

सो सङ्कायका डिन डा शारदा थपलियाले प्राध्यापक र विद्यार्थीबाट गुनासो आएपछि हालका लागि भर्ना स्थगन गरिएको बताउनुभयो । भर्ना प्रक्रियामा कुनै अनियमितता नभएको भन्दै उहाँले यस विषयमा विरोध गरिरहनुभएका प्राध्यापक, विद्यार्थीलगायतसँग छलफल गरी उहाँहरुलाई कुरा बुझाएर मात्र भर्ना लिने थपलियाले बताउनुभयो । आफूले विरोध जनाएकालाई वार्तामा बोलाएको बताउँदै उहाँले भर्ना प्रक्रिया नियमसम्मत भएकाले कुनै समस्या नहुने उल्लेख गर्नुभयो । 

प्रवेश परीक्षामा अनियमितता भएको भन्दै विश्वविद्यालयकै प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल विद्यार्थी सङ्घलगायतले विरोध जनाएका छन् भने नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले सो विषयमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् । 

चालकको स्वास्थ्य र सवारीको इञ्जीन परीक्षण 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सवारी दुर्घटना बढ्दै गएपछि बिहीबार चालकको स्वास्थ्य परीक्षण र सवारीको इञ्जिन जाँच गराएको छ । 

भरतपुर महानगरपालिका वडा नं १ रामनगरमा आयोजित कार्यक्रममा २०२ जना सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको छ, जसमध्ये ९९ जनाको मेडिकल र १०३ जनाको आँखा परीक्षण गरिएको हो । 

परीक्षणका क्रममा २० जनामा उच्च रक्तचाप र सात जनामा आँखाको समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार ९७ वटा सवारीको इञ्जिन परीक्षण गरिएको थियो । परीक्षणका क्रममा सवारीसाधनमा बे्रक आयल कम, प्रेसर कम, मोबिल चुहिनेलगायतका समस्या देखिएको थियो । 

चालकमा समस्या देखिएकालाई अस्पतालमा गएर उपचारपछि मात्र सवारी चलाउन निर्देशन दिइएको र सवारीमा समस्या देखिएकालाई मर्मतपश्चात् मात्र सञ्चालनमा ल्याउन भनिएको गौतमले जानकारी दिनुभयो । भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, यातायात व्यवस्था कार्यालय भरतपुर र अटो मेकानिकल्स व्यवसायी सङ्घको संयुक्त सहकार्यमा कार्यक्रम गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो