२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काटेको धान भिज्दा कृषक चिन्तित

१३ कार्तिक २०७२, शुक्रबार १०:३९

कात्तिक १३, पर्बत । खेतमा पहेँलपुर पाकेको धान भित्राउनको लागि काटेर सुकाएको बेलामा बुधबार आएको बर्षाका कारण सुकाएको धान सुक्दा कृषकहरु चिन्तित भएका छन् ।

अविरल बर्षाले पाकेको धानखेतीमा ठुलो क्षति पु¥याएपछि कृषक चिन्तित भएका हुन् । बाच्छा र पाङराङ गाविसमा काटेर सुकाएउन राखिएको धानमा बर्षाका कारण असर परेको बताइएको छ ।

उक्त गाविसमा काटेर सुकाएको ५० प्रतिशत धानबालीमा क्षति पु¥याएको स्थानिय शिक्षक राजेन्द्र आचार्यले बताए । धान रोपाईको समयमा आवश्यक मात्रामा वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्षको धान उत्पादनमा गिरावट आउने भएको छ ।

धानको तुलनात्मक रुपमा उत्पादन कम भएसँगै यस वर्षको उत्पादित धानको गुणस्तर पनि कम हुने भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतको तथ्यांक अनुसार गतवर्ष जिल्लामा २६ हजार एक सय ७ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्षको उत्पादन कम हुनुका साथै खाद्यान्नको गुणस्तरीयतामा समेत कमी हुने भएको हो । रोपाई देखी नै मौसममा हुँदै आएको परिवर्तनका कारण धानको गणस्तरमा कमी आएको हो ।

पाकेर थन्काउने समयमा पनि मौसम बदीरहने भएका कारण उत्पादिन धानको गुणस्तर कम हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ८८ सय ३० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको जिल्लामा मुख्य खेती हुने ठाउँहरुमा मौसमी फेरबदलका कारण किसानहरुलाई खेती उठाउन भ्याई नभ्याई भएको छ । यसरी हतारोमा थन्काईएको खेती पछिसम्म राख्नका लागि आवश्यक ताकक्रममा राख्नु पर्ने कृषि कार्यलयका अधिकारीहरुले बताएका छन् ।

कृषि विकास अधिकृत वासुदेव रेग्मीले पर्वत जिल्लामा विशेष गरी तीन समयमा धान उत्पादन हुने भएका कारण धान उठाउने समयमा पानी र असीना परेका कारण चामल राम्रो नहुने बताए ।

अविरल वर्षाले बागलुङ् म्याग्दी र पर्वत जिल्लाहरुका विभिन्न गाविसहरुमा धानवालीमा नोक्शान पुराएको समाचारहरु प्राप्त भैरहेका छन । कुन जिल्लामा के कति क्षती भयो भन्ने विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ