Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

हिमपातले बन्द सडक खुल्न एक साता लाग्ने

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा | माघ १३, मुगु | गएको साताबाट परेको हिमपातले बन्द सडक नाग्मा गमगढी मुगु सडक खण्ड खुल्न एक साता लाग्ने बताइएको छ ।

लगातार हिमपात हुँदा जुम्ला र मुगुको बिच भागमा रहेको घुच्चीलेखमा ६ फुट भन्दा बढी हिउँ परेको हुँदा चाडै हिउ नजाने भएको हुँदा सडक केही दिनको लागी बन्द हुने स्थानिय ब्यापारीहरुको भनाई छ ।

नेपालगंज, सुर्खेत हुँदै मुगुसम्मको लागि यो एक मात्र यातायातको नाका रहेको घुच्ची लेख बन्द भएपछि  हिजोआज ब्यापारीहरुको दैनिक उपभोग्य सामान, नेपाल खाद्यान्न सस्थानको चामल, साल्ट ट्रेडिङ कर्पोरेशनको नुन, मुगम कामारोङ गाँउपालिका, सोरु गाँउपालिका, छायानाथ रारा नगरपालिका भित्रका निमार्ण सामाग्रीहरु नाग्म, गोठीज्यूला, भुलभुलेमा रोकीएका छन भने यात्रुहरु नेपालगंन्जबाट मुगुसम्म आउने बिच बाटोमा नै अलपत्र परेका छन ।

सुर्खेतबाट दैनिक उपभोग्य बस्तु लगाएत अन्य सामान ल्यायर आएका आफ्ना ३ वटा मालबाहक गाडी  जुम्लाको गोठस्ज्यूलामा रोकीएको स्थानिय रबिन्द्र टेड्र्सका प्रोपराईटर रबिन्द्र रावतले बताए ।

बन्द सडक सन्चालनको लागी सडक डिभिजन कार्यालय जुम्लालाई पहल गरीरहेको र हिजो-आज लगातार परेको हिँउ पानिले गर्दा सडकमा रहेको हिँउ फाल्दा बितिकै पुन: हिउ आउने भएको हुँदा हिउ-पात रोकीएको लगत्तै सडक सन्चालनमा आउने मुगु उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताएका छन ।

हिँमपातले मुगुबाट नेपालगंन्ज सुर्खेतसम्म जाने मालबाहक गाडी, यात्रुवाहक गाडी, साना बसहरु, १ दर्जन भन्दा बढी यातायतका साधनहरु  गमगढी बजारमा रोकीएको रारा छायानथा रारा यातायात प्रा.लीका ईन्चार्ज रबिन मल्लले बताएका छन ।

मुगु जिल्लामा एक मात्र हवाई यातायात रहेको ताल्चा बिमान स्थालमा पनि हिमपातको कारण ४ दिन देखी हवाई सेवा पनि बन्द भएको छ । हवाई सेवा बन्द हुँदा कर्णाली प्रदेश सरकारले बोलाएको कार्यक्रममा समेत सहभागी हुन नपाईने होकि भन्दै चिन्ता लागेको छायानाथ रारा नगरपालीकका नगर प्रमुख हरीजङ शाहीले बताएका छन ।

हिमपातको कारण अहिले मुगुमा सडक तथा हवाई सेवा बन्द भएको छ ।