२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

हिमपातले बन्द सडक खुल्न एक साता लाग्ने

१३ माघ २०७५, आईतवार १५:०७

दान बहादुर बुढा | माघ १३, मुगु | गएको साताबाट परेको हिमपातले बन्द सडक नाग्मा गमगढी मुगु सडक खण्ड खुल्न एक साता लाग्ने बताइएको छ ।

लगातार हिमपात हुँदा जुम्ला र मुगुको बिच भागमा रहेको घुच्चीलेखमा ६ फुट भन्दा बढी हिउँ परेको हुँदा चाडै हिउ नजाने भएको हुँदा सडक केही दिनको लागी बन्द हुने स्थानिय ब्यापारीहरुको भनाई छ ।

नेपालगंज, सुर्खेत हुँदै मुगुसम्मको लागि यो एक मात्र यातायातको नाका रहेको घुच्ची लेख बन्द भएपछि  हिजोआज ब्यापारीहरुको दैनिक उपभोग्य सामान, नेपाल खाद्यान्न सस्थानको चामल, साल्ट ट्रेडिङ कर्पोरेशनको नुन, मुगम कामारोङ गाँउपालिका, सोरु गाँउपालिका, छायानाथ रारा नगरपालिका भित्रका निमार्ण सामाग्रीहरु नाग्म, गोठीज्यूला, भुलभुलेमा रोकीएका छन भने यात्रुहरु नेपालगंन्जबाट मुगुसम्म आउने बिच बाटोमा नै अलपत्र परेका छन ।


सुर्खेतबाट दैनिक उपभोग्य बस्तु लगाएत अन्य सामान ल्यायर आएका आफ्ना ३ वटा मालबाहक गाडी  जुम्लाको गोठस्ज्यूलामा रोकीएको स्थानिय रबिन्द्र टेड्र्सका प्रोपराईटर रबिन्द्र रावतले बताए ।

बन्द सडक सन्चालनको लागी सडक डिभिजन कार्यालय जुम्लालाई पहल गरीरहेको र हिजो-आज लगातार परेको हिँउ पानिले गर्दा सडकमा रहेको हिँउ फाल्दा बितिकै पुन: हिउ आउने भएको हुँदा हिउ-पात रोकीएको लगत्तै सडक सन्चालनमा आउने मुगु उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताएका छन ।


हिँमपातले मुगुबाट नेपालगंन्ज सुर्खेतसम्म जाने मालबाहक गाडी, यात्रुवाहक गाडी, साना बसहरु, १ दर्जन भन्दा बढी यातायतका साधनहरु  गमगढी बजारमा रोकीएको रारा छायानथा रारा यातायात प्रा.लीका ईन्चार्ज रबिन मल्लले बताएका छन ।

मुगु जिल्लामा एक मात्र हवाई यातायात रहेको ताल्चा बिमान स्थालमा पनि हिमपातको कारण ४ दिन देखी हवाई सेवा पनि बन्द भएको छ । हवाई सेवा बन्द हुँदा कर्णाली प्रदेश सरकारले बोलाएको कार्यक्रममा समेत सहभागी हुन नपाईने होकि भन्दै चिन्ता लागेको छायानाथ रारा नगरपालीकका नगर प्रमुख हरीजङ शाहीले बताएका छन ।

हिमपातको कारण अहिले मुगुमा सडक तथा हवाई सेवा बन्द भएको छ ।      


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान