२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु, स्थिति तनावपूर्ण

१४ माघ २०७५, सोमबार ०७:५३

माघ १४, विराटनगर | मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिपरको ठक्करबाट आज एक बालिकाको मृत्यु भएपछि स्थिति तनावपूर्ण रहेको छ । 

जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीयवासीको प्रदर्शनले उग्ररुप लिएपछि बिहान पौने ११ बजेदेखि अर्का आदेश जारी नभएसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार विराटचोकदेखि विराटनगर आउने बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । 

स्थानीय बासिन्दाले टिपर आतङ्क रोक्नुपर्ने माग गर्दै प्रदर्शन गर्न थालेपछि त्यहाँको स्थिति असामान्य बनेको छ । उक्त स्थानमा कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक प्रबन्ध गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । 

विराटचोकबाट–विराटनगरतर्फ आज बिहान आउँदै गरेको ना ३ ख ३३५५ नं को टिपरले बाटो काट्दै गरेका बेला ठक्कर दिँदा सुन्दरहरैंचा–९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान गएको हो । 

ठक्करबाट उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनापछि स्थानीय बासिन्दाले ठक्कर दिने टिपरका साथै सडकमा गुडिरहेका अन्य आधादर्जन टिपरमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् । स्थानीय बासिन्दाले टिपर आतङ्क रोक्नुपर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द