2026-10-22 06:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

गौ संरक्षणमा निजी शिक्षण संस्थाको सहयोग

माघ १४, चितवन | जिल्लामा निजी क्षेत्रबाट प्राविधिक शिक्षाको पठनपाठन गराउँदै आएको नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरले बागिश्वरीमा संरक्षण गरिएका स्थानीय जातका गाई पाल्न प्राविधिक र आर्थिक सहयोग गर्ने भएको छ । 

इन्स्टिच्युटका प्राचार्य बाबुराम उपाध्यायका अनुसार गाईलाई मासिक १२ बोरा चोकर उपलब्ध गराइने भएको छ । एक बोरा चोकरको रु एक हजार दुई सय पर्दछ । यससँगै कलेजमा स्नातक तहमा पशु विज्ञान अध्ययन गर्दै गरेका विद्यार्थी र प्राध्यापकले ती गाईको उपचार, औषधि, शिविर, खोप, बाझोपन परीक्षणलगायतको व्यवस्थापन गर्ने उपाध्यायले बताउनुभयो । 

कलेजका अध्यक्ष चूडामणि खनालले स्थानीय जातको गाईको संरक्षणमा सहयोग पुर्याउन लागिएको बताउनुभयो । ती गाईको बागिश्वरी आध्यात्मिक परिषद्ले संरक्षण गर्दै आएको छ । 

पवित्र तीर्थस्थल देवघाट जाने बाटोमा गौ संरक्षण केन्द्र रहेको छ । स्थानीय जातिका गाईको संरक्षणका लागि गौ संरक्षण गरिँदै आएकोे छ । गौ संरक्षण केन्द्रमा हाल स्थानीय जातिका दुई सय गाईलाई संरक्षण गरिँदै आएको छ । गाईको मूत्रबाट औषधि बनाइँदै आएको छ । केन्द्रका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार दाताकै सहयोगमा स्थानीय जातको गाई संरक्षण गरिँदै आएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ