Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अर्घाखाँचीमा कर्मचारी चढेको गाडी दुर्घटना हुँदा ५ जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १४, बुटवल | अर्घाखाँचीमा कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । पाणिनी गाउँपालिका ४ पात्ला पोखरी लेखी मुनि त्रिवेणी भन्ने ठाउँमा सोहि गाउँपालिकाका कर्मचारी चढेको गाडी दुर्घटना भएको हो ।<br></p><p>लु १ च ९०४६ नम्बरको गाडीमा गाउँपालिकाका लेखा अधिकृत नारायण पौडेल, सुब्बा रामकुमार भट्टराई, पशुपति खनाल, रविन्द्र न्यौपाने, चालक सागर घिमिरे सवार थिए ।</p><p>घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारका लागि पाल्पा मिसन हस्पिटलमा लगिएको वडाअध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।&nbsp; गाडी सडकबाट करिब १०० मिटर तल खसेको छ ।</p>