२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको जिल्ला अस्पतालमा चिकित्सकको अभाव

१४ माघ २०७५, सोमबार ०९:४२

माघ १४, विदुर | जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दी रहेका चिकित्सक काठमाडाँै बस्दा नुवाकोटको स्वास्थ्य सेवा प्रभावित भएको छ । 

जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक अभावले दैनिक बिरामी काठमाडाँै जानुपर्ने बाध्यता रहेको छ । चिकित्सककै अभावले जिल्ला अस्पताल त्रिशूलीमा रहेका बिरामी काठमाडाँै पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ । सहज र सुविधायुक्त स्वास्थ्यसेवा प्रवाह गर्ने राज्यले घोषणा गरे पनि जिल्लास्थित स्वास्थ्य संस्थामा भने चिकित्सक आउन नमान्दा समस्या भएको जिल्ला अस्पताल त्रिशूलीका निमित्त प्रमुख देवकी खतिवडाले बताउनुभयो । 

तीनजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल नुवाकोटमा सबै दरबन्दी रिक्त रहेको छ । विगत ६ महीनादेखि विषेशज्ञ चिकित्सक अभावमा गम्भीर बिरामी उपचारका लागि काठमाडौँ गइरहेका छन् । दैनिक रुपमा दुई सय भन्दा बढी बिरामी अस्पताल आउने गरेका छन् । 


भूकम्पले पूर्ण रुपमा क्षति पुगेको जिल्ला अस्पतालको नयाँ संरचना निर्माण भइरहेको छ । ५५ श्ययाको जिल्ला अस्पताल भूकम्पपछि २५ श्यया मात्रै राखेर सेवा प्रवाह गर्दै आएको थियो । तर बिरामीको चाप बढेसँगै ३७ श्यया बनाइएको छ । जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दीमा रहेका चिकित्सक काजमा भन्दै काठमाडाँैमा नै बसिरहेका छन् । 

प्रदेश र सङ्घ अन्तर्गत जिल्ला अस्पताल विकास समितिले काजमा गएका चिकित्सक जिल्लामा नै पठाउनको लागि आग्रह गरे तापनि सुनुवाइ नभएको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद भट्टले बताउनुभयो । 

अस्पतालमा दैनिक नुवाकोट, रसुवा र धादिङका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य