2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको जिल्ला अस्पतालमा चिकित्सकको अभाव

माघ १४, विदुर | जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दी रहेका चिकित्सक काठमाडाँै बस्दा नुवाकोटको स्वास्थ्य सेवा प्रभावित भएको छ । 

जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक अभावले दैनिक बिरामी काठमाडाँै जानुपर्ने बाध्यता रहेको छ । चिकित्सककै अभावले जिल्ला अस्पताल त्रिशूलीमा रहेका बिरामी काठमाडाँै पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ । सहज र सुविधायुक्त स्वास्थ्यसेवा प्रवाह गर्ने राज्यले घोषणा गरे पनि जिल्लास्थित स्वास्थ्य संस्थामा भने चिकित्सक आउन नमान्दा समस्या भएको जिल्ला अस्पताल त्रिशूलीका निमित्त प्रमुख देवकी खतिवडाले बताउनुभयो । 

तीनजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल नुवाकोटमा सबै दरबन्दी रिक्त रहेको छ । विगत ६ महीनादेखि विषेशज्ञ चिकित्सक अभावमा गम्भीर बिरामी उपचारका लागि काठमाडौँ गइरहेका छन् । दैनिक रुपमा दुई सय भन्दा बढी बिरामी अस्पताल आउने गरेका छन् । 

भूकम्पले पूर्ण रुपमा क्षति पुगेको जिल्ला अस्पतालको नयाँ संरचना निर्माण भइरहेको छ । ५५ श्ययाको जिल्ला अस्पताल भूकम्पपछि २५ श्यया मात्रै राखेर सेवा प्रवाह गर्दै आएको थियो । तर बिरामीको चाप बढेसँगै ३७ श्यया बनाइएको छ । जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दीमा रहेका चिकित्सक काजमा भन्दै काठमाडाँैमा नै बसिरहेका छन् । 

प्रदेश र सङ्घ अन्तर्गत जिल्ला अस्पताल विकास समितिले काजमा गएका चिकित्सक जिल्लामा नै पठाउनको लागि आग्रह गरे तापनि सुनुवाइ नभएको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद भट्टले बताउनुभयो । 

अस्पतालमा दैनिक नुवाकोट, रसुवा र धादिङका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई