२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्लामा यो विपद हैन : ढकाल

२ मंसिर २०७२, बुधबार ०८:४७

मङ्सिर २, पर्वत / पर्वत जिल्लाले कुनै पनि विपदले निम्त्याएको समस्यासँग जुध्न नपरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताएका छन् । बैशाख १२ गते गएको महाविनासकारी भुकम्प र त्यसपछि जिल्लामा जतिपनि भौतिक संरचनामा क्षति भयो त्यो अन्य जिल्लामा भएको क्षतिको भन्दा कम भएको बताउँदै जिल्लाको संन्दर्भमा भौतिक क्षति हुनु खासै विपद नभएको उनको तर्क छ । “ विपद भनेको आफैले त्यसको सामाना र समस्याको समधान गर्न नसकि विभिन्न सरकारी निकाय तथा अन्तराष्ट्रिय निकायको सहयोग चाहिनेलाई विपद भनिन्छ, जिल्लामा अहिलेसम्म अन्तराष्ट्रिय समुदायको सहयोग माग्नुपर्ने खालको कुनै पनि विपद आएको छैन ” उनले भने ।

ph

 

पर्वतमा आफ्नो घर हुदाँ हुदैपनि भुकम्पले भत्कीएको भनी राजनीतिक दलको सिफारिसमा धेरैले सरकारले बाँडेको राहत लिएको भन्दै “बाटोमा हिड्दै गरेको मान्छे लोट्यो र ऊ उठ्न पनि सक्छ तर ऊसले आफुलाई विपद आएको बताउँदै सहयोग माग्छ उनले कटाक्ष गर्दै भने । आफै कुनै पनि समस्याको समधान गर्न सकिन्छ भने त्यो विपद र्हैन तर यहाँ भु्कम्पको नाउमा सरकारलाई लुट्ने खेल देखियो ढकालले भने । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको आयोजना तथा आइसीआर्सीको सहयोगमा संचालन भएको ६ दिने जिल्लामा भएको विपद व्यवस्थापन सम्बन्धी शु्रु भएको तालिममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जिल्लामा विपदलाई “भान्जाको निउले मलाई पनि घिउ ले ” भैरहेको उनको तर्क छ । विपद. व्यवस्थापन सम्बन्धी जिल्लामा संचालन गरिएको कार्यक्रमले जिल्लामा कुनै आपतकालिन मानवीय साहेता चाहिने खालका घटना सिर्जना भए त्यसको समधान गर्नको लागि तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सभापति रिमालले अन्यत्रै जान लागेको तालिम आफ्नो जिल्लामा आएका कारण यसलाई विशेष महत्वका साथ लिनको लागि आग्रह गरे । उक्त तालिममा १८ बर्ष भन्दा माथि र ४५ बर्ष भन्दा मुनीका लाई प्रक्षिण दिइने सोसाइटीले जनाएको छ । कार्यक्रममा शुभकामना सोसाइटीका उपसभापति डा च्ुडामणि शर्माले गरेका थिए भने तालिमको बारेमा प्रशिक्षक शंखर रेग्मीले प्रकाश पारेका थिए । उक्त कार्यक्रमको संचालन उपमन्त्री पिताम्बर शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य