३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत जिल्लाले कुनै पनि विपदको समस्यासँग जुध्न नपर्नु सुखद

२ मंसिर २०७२, बुधबार १३:२९

मंसिर २, पर्वत । पर्वत जिल्लाले कुनै पनि विपदले निम्त्याएको समस्यासँग जुध्न नपरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताएका छन् ।

बैशाख १२ गते गएको महाविनासकारी भुकम्प र त्यसपछि जिल्लामा जतिपनि भौतिक संरचनामा क्षति भयो । त्यो अन्य जिल्लामा भएको क्षतिको भन्दा कम भएको बताउँदै जिल्लाको संन्दर्भमा भौतिक क्षति हुनु खासै विपद नभएको उनको तर्क छ । “विपद भनेको आफैले त्यसको सामाना र समस्याको समधान गर्न नसकि विभिन्न सरकारी निकाय तथा अन्तराष्टिूय निकायको सहयोग चाहिनेलाई विपद भनिन्छ, जिल्लामा अहिलेसम्म अन्तराष्टिूय समुदायको सहयोग माग्नुपर्ने खालको कुनै पनि विपद आएको छैन” उनले भने ।

पर्वतमा आफ्नो घर हुदाँ-हुदैपनि भुकम्पले भत्कीएको भनी राजनीतिक दलको सिफारिसमा धेरैले सरकारले बाँडेको राहत लिएको भन्दै “बाटोमा हिड्दै गरेको मान्छे लोट्यो र ऊ उठ्न पनि सक्छ तर ऊसले आफुलाई विपद आएको बताउँदै सहयोग माग्छ उनले कटाक्ष गर्दै भने । आफै कुनै पनि समस्याको सचगर्न सकिन्छ भने त्यो विपद हैन तर यहाँ भु्कम्पको नाउमा सरकारलाई लुट्ने खेल देखियो ढकालले भने । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको आयोजना तथा आइसीआर्सीको सहयोगमा संचालन भएको ६ दिने जिल्लामा भएको विपद व्यवस्थापन सम्बन्धी शु्रु भएको तालिममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जिल्लामा विपदलाई “भान्जाको निउले मलाई पनि घिउले” भैरहेको उनको तर्क छ । विपद. व्यवस्थापन सम्बन्धी जिल्लामा संचालन गरिएको कार्यक्रमले जिल्लामा कुनै आपतकालिन मानवीय साहेता चाहिने खालका घटना सिर्जना भए त्यसको समधान गर्नको लागि तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनले बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सभापति रिमालले अन्यत्रै जान लागेको तालिम आफ्नो जिल्लामा आएका कारण यसलाई विशेष महत्वका साथ लिनको लागि आग्रह गरे । उक्त तालिममा १८ बर्ष भन्दा माथि र ४५ बर्ष भन्दा मुनीका लाई प्रक्षिण दिइने सोसाइटीले जनाएको छ । कार्यक्रममा शुभकामना सोसाइटीका उपसभापति डा च्ुडामणि शर्माले गरेका थिए भने तालिमको बारेमा प्रशिक्षक शंखर रेग्मीले प्रकाश पारेका थिए । उक्त कार्यक्रमको संचालन उपमन्त्री पिताम्बर शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली