१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल राष्ट्रिय कर्मचारी महासंघको अधिवेशन सम्पन्न

५ मंसिर २०७२, शनिबार १६:४७

मङ्सिर ५, पर्वत । नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला समन्वय समिति पर्वतको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार आयोजीत उक्त अधिवेशनको उद्घाटन प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले गर्नुभएको हो ।

अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रजिअ ढकालले प्रत्येक कर्मचारीले आफु कर्तब्य निष्ट भएर राष्ट्रको हितमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्र सेवक कर्मचारीले सरकारको निति निर्देशन बमोजीम सँधैभर जनता र राष्ट्रिय हितमा निश्पक्ष ढंगले काम गरेमा मात्र पक्का राष्ट्रवादी भइने बताउनुभएको थियो । मुलुकमा यतिवेला नाकाबन्दीले संकट पैदा गरेको बताउँदै यस्तो समयमा जिल्लामा कालबजारी गर्ने जोकोहीलाई पनि नछाडीने बताउनुभयो । कालोबजारी गरेको सुचना जनताले प्रशासनलाई दिनुपर्ने बताउँदै ढकालले राष्ट्रिय समस्यामा कालाबजरी, भ्रष्टाचारी, दलाली गर्नेलाई कारबाही गर्ने र कर्मचारी भएर ठेक्दारी गर्ने प्रवृतिको समेत अन्त्य गर्न आफु लागिरहने विश्वास दिलाउनुभयो ।

आस्थाका आधारमा कसैले कसैलाई विभेद गर्नु राष्ट्र सेवक कर्मचारीको नैतिकता नहुने उहाँको भनाई थियो । अधिवेशनमा उहाँले नेपाल राष्ट्रिय कर्मचारी महासंघको सफल अधिवेशनको शुभकामना दिँदै नयाँ नेतृत्वले राष्ट्रको निर्माणमा सहयोग गर्न सक्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । सबै कर्मचारीहरु संगठीत हुँदै आफ्नो हकहितका लागि कुरा उठाउनु जायज भएको बताउँदै कर्मचारीले आफ्नो मात्र नभई राष्ट्रको निति निर्माण र राष्ट्रिय हितमा समेत वोल्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय सचिव याम बस्यालले कर्मचारीहरुले सच्चा र सत्य कामका लागि कसैसँग पनि डराउनु नपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुले राज्यलाई स्थायी सरकार दिने वा अस्थाई सरकार बनाउने भन्ने उनिहरुकै कामको मुल्याङ्कनबाट थाहा हुने बताउनुभयो । यदि कसैले राष्ट्रीय हित विपरीत कर्मचारी भएर काम गर्छ भने नेपाल राष्ट्रिय कर्मचारी महासंघले खवरदारी गर्न जरुरी रहेको औल्याउनुभयो ।

त्यसैगरी अधिवेशनमा एमाओवादी जिल्ला सचिव ढाकाराम गौतमले एमाओवादीको शुभेछुुक संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघमा आवद्ध कर्मचारीहरु विचार र सिद्धान्तमा अडिक रहने बताउँदै उनिहरुको कार्यदक्षतामा कसैले पनि औला ठड्याउन नसक्ने बताउनुभयो । अहिले पार्टीले राष्ट्रिय एजेण्डालाई संस्थागत गर्दै नाकाबन्दी र मधेश आन्दोलनको समाधान खोज्न लागि परेको अवगत गराउँदै मुलुकको नेतृत्व एमाओवादीकै हातमा रहेको औल्याउनुभयो । अधिवेशनमा नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय सदस्य देवी शर्मा, जिशिअ रमेश पौडेल, अखिल नेपाल ट्रेड युनियनका केन्द्रिय सदस्य राम कंडेल, उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, अखिल नेपाल शिक्षक संगठनका सचिव इन्द्र तिमिल्सीना, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष मुरारी संगम, नि. जिल्ला बन कार्यलय प्रमुख केशव पराजुली लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष रुद्र शर्मा सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा स्वागत सचिव डिल्लीराम रेग्मीले र संचालन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका कार्यबहाक अध्यक्ष उमेश सापकोटाले गर्नुभएको थियो । न्युनतम जीवन निर्वाह र जनसेवा सम्वन्धी छाता ऐनको जनसंविधान सुनिश्चीतता, राष्ट्रिय स्वाधीनता समृद्धि र अग्रगमनको अभियानमा राष्ट्र सेवकहरुको सहभागिता भन्ने मुल नाराका साथ अधिवेशन सम्पन्न भएको थियो ।

अध्यक्षमा सापकोटा नेपाल राष्ट्रिय कर्मचारी महासंघको अधिवेशनले रुद्र शर्मा सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा धर्मराज जैशी, सचिवमा डिल्लीराम रेग्मी, सहसचिव दिपेन्द्र पौडेल र कोषाध्यक्षमा गोपी लामिछानेलाई चयन गरेको छ । सदस्यहरुमा देवराज पुरी, मुकुन्द लामिछाने, भोलानाथ शर्मा, सिता पिसी, गोविन्द पौडेल, चिरन्जीवी खनाल, देवेन्द्र गुरुङ, सावित्रा क्षेत्री, भवानी प्रसाद शर्मा र विष्णु मगराती लगायत १९ सदस्यीय कमिटि चयन भएका छन् । ४ सदस्यहरु पछि चयन गरीने जनाइएको छ । केन्द्रिय प्रतिनिधीमा उमेश सापकोटा र रामकृष्ण अर्याल चयन भएका छन् । त्यसैगरी सल्लाहकार संयोजक टेकबहादुर अधिकारी, सल्लाहकार पदमप्रसाद सापकोटा चयन भएका छन् ।

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती तर्फ अध्यक्षमा उमेश सापकोटा, उपाध्यक्षमा ढाकाराम सुवेदी, सचिवमा धर्मराज जैशी, सहसचिवमा मुकुन्द लामिछाने र कोषाध्यक्षमा रामकृष्ण अर्याल चयन भएका छन् भने सदस्यहरुमा गोविन्द पौडेल, विष्णु मगराती, भवानी प्रसाद शर्मा, प्रताप लामिछाने, हरिप्रसाद सुवेदी चयन भएका छन् ।

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकाय तर्फ अध्यक्षमा देवराज पुरी, उपाध्यक्षमा दिपेन्द्र पौडेल, सचिवमा टेक बहादुर परियार, सहसचिवमा रामचन्द्र सापकोटा र कोषाध्यक्षमा प्रशान्त न्यौपाने चयन भएका छन् भने सदस्यहरुमा विजया आचार्य, विष्णु पौडेल चयन भएका छन् । दुई सदस्य पछि थप गरिने जनाइएको छ । त्यसैगरी डिल्लीराम रेग्मी केन्द्रिय प्रतिनीधीमा चयन भएका छन् ।

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्थानतर्फ अध्यक्षमा भोलानाथ शर्मा, उपाध्यक्षमा सावित्री क्षेत्री, सचिव जगन अधिकारी, कोषाध्यक्ष विक्रम ढुंगाना चयन भएका छन् । सदस्यहरुमा शम्भु झा, सरस्वती गौतम, गिता पौडेल, प्रेम बहादुर क्षेत्री चयन भएका छन् । १ सदस्य पछि थप हुने छ ।

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक वित्तिय तर्फ अध्यक्ष गोपी लामिछाने, सचिव प्रेम सापकोटा सदस्यमा नरबहादुर पुन र गोपाल विक चयन भएका छन् । ३ सदस्य पछि थप गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै