२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेट रङ्गशाला निर्माणमा सरकार सहयोगी बन्छ – प्रधानमन्त्री ओली

२०७५, १६ माघ बुधबार १३:१५

काठमाडौँ, १६ माघ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताउनुभएको छ । 

फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका निम्ति फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्न आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्तरीय रङ्गशाला मैदान नहुँदा नेपालमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुन नसेकेकोले यस्तो मैदानको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । “अहिले हामीकहाँ भएका मूलपानी र त्रिवि क्रिकेट मैदान काम चलाउ मात्रै छन्, त्यसैले यहाँ अन्तर्राष्ट्रियस्तरको रङ्गशाला आवश्यक छ, भएकाको पनि स्तरोन्नति आवश्यक छ”, उहाँले भन्नुभयो । 


खेल र राजनीतिको सम्बन्ध अन्योन्याश्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले तत्कालीन अवस्थामा खेल जितेर (लिगलिगे दौड) राज हुने परम्पराको स्मरण गर्नुभयो । नेपाल अब समृद्धितर्फ अघि बढिसकेको कुरा आफूले अन्तर्राष्ट्रिय समुदायलाई समेत बताएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको अभियान अब साकार हुँदै जाने बताउनुभयो । 

उहाँले ठेकेदार भागेकाले मेलम्ची समयमै काठमाडौँ ल्याउन नसकिएको बताउँदै ठेकेदार कम्पनीसँग केही दिनभित्रै वार्ता हुने र मेलम्चीको काम अगाडि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकार वार्ता र संवादबाटै अगाडि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र कमजोर भयो भनेर हल्ला फिँजाउनु दुर्भाग्य भएको बताउनुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताउनुभयो । “राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो । तपाईं हेर्नुहोला अबको १० वर्षभित्र नेपालको राजनीति सफा हुन्छ, एउटा नयाँ अभियानमा जान्छ”, उहाँले भन्नुभयो । 


उहाँले खेलकै करण कयौँ राष्ट्रलाई एकताबद्ध बनाएको बताउँदै मुलुकको अर्थतन्त्र माथि उकास्न र समृद्धि हासिल गर्न अब मुलुकमा खेलको विकास गर्न ढिला भइसकेको बताउनुभयो । मुलुकको समृद्धिका लागि अब सबै जनताले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउँदै अध्यक्ष दाहालले समृद्धिलाई साकार रुप दिन सबले सङ्कल्प गर्नुपर्ने बेला आएको बताउनुभयो । 

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले खेलकूदकै कारण नेपाल पछिल्लो समय संसारमा चिनिँदै गएको बताउनुभयो । उहाँले खेलकूदको विकास र रङ्गशाला निर्माणका लागि पार्टीका तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने वचनबद्धतासमेत व्यक्त गर्नुभयो । 


युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा सुनारले नेपाली खेलाडीले प्रतिकूलताका बाबजूद अन्तर्राष्ट्रिय सफलता हात पारिरहनु सराहनीय काम हो भन्नुभयो । उहाँले खेल क्षेत्रको विकासविना मुलुकको समृद्धि हासिल हुन नसक्ने बताउँदै यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर मुलुकको सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने कार्यविधि ल्याएको उहाँले बताउनुभयो । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सरकारको एक महानगरमा एक सुविधासम्पन्न रङ्गशाला बनाउने कार्यक्रमअनुसार फाउण्डेशनलाई जग्गा प्राप्त गर्न चुनौती नहोस् भनेर जग्गा दिन तयार भएको बताउनुभयो । उहाँले दुई वर्षभित्र रङ्गशाला तयार गरेर पहिलो खेल भारत र पाकिस्तानबीच गराउनेसमेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?