2026-10-15 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा मालपोतका नासुलाई दलियो कालोमोसो

माघ १६, सुर्खेत । मालपोत कार्यालय सुर्खेतका नायब सुब्बा नरबहादुर घर्तीलाई वैद्य माओवादीले कालोमोसो दलेका छन् । सेवाग्राहीको काम नगरेर अल्झन देखाउने गरेकाले कालो मोसोे दलेको नेकपा क्रान्तिकारी माओवादीका नेता हिमाल शाहीले जानकारी दिए ।

उनका अनुसार नेकपा क्रान्तिकारी माओवादीको संगठन क्रान्तिकारी युव लिग र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले संयुक्त रूपमा कालोमाोसो दलेर जनकार्वाही गरिएको हो । क्रान्तिकारी युवा लिंग नेपाल, सुर्खेतका नेता शाहीले सूचना अधिकृतले सेवाग्राहीबाट नागरिकलाई अनाहकमा दुख दिने र कार्यालयमा बसेर कमाउ धन्दा गरेको कारण आफ्नो संगठनले पहिलो चरणको कारबाही गरेको जनाएका छन । युवा नेता शाहीले घटनाको विषयमा संगठनको तर्फबाट जिम्मा लिदैँ सूचना अधिकारीले नागरिकसँग घुस लिने गरेको र सरकारी कुर्सिमा बसेर ब्यापक अनियमितता गरेको समेत आरोप लगाए । नेता शाहीले समाजमा रहेका दलाल, तस्कर र बेइमानहरुलाई पार्टीको नीति तथा योजना अनुसार कारबाही प्रकृया निरन्तर अघि बढ्ने जनाएका छन ।

सूचना अधिकृत घर्तिलाई क्रान्तिकारी युवा लिंगका युवाहरुको समूहले उनको कार्यकक्षमा प्रवेश गरी भ्रष्टाचारी भन्दै नारा लगाउँदै कालोमोसो दलेका सेवाग्राहीले जानकारी दिए । मालपोत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मी खत्रीले कर्मचारीमाथि कालोमोसो दल्नु गलत भएको प्रतिक्रिया दिएकी छन् । जनताको बढी चाप हुने कार्यालय मालपोत भएकाले सेवामा कमजोरी रहेको स्वीकार्दै  उनले समस्या भए मलाइ नभनेर मोसो दल्नु गलत भएको बताएकी हुन् । ‘अनलाइन प्रणालीमा सेवा रूपान्तरणहुँदा काममा असहज भएको छ’ खत्रीले भनिन्, ‘कानुनी राज्यमा गुनासा राख्ने ठाउँ हुँदाहुँदै पनि गुरिल्ला हर्कत गर्न राम्रो पक्ष हैन् ।’ मालपोतप्रतिका गुनासा नजिकै प्रशासन कार्यालय छ र अख्तियार नि छ उतै गुनासा नगरेर कर्मचारीको मनोबल गरिउने कार्य हुनु दुखद् भएको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला