३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आधा दर्जन गाविस हप्तादिनबाट अन्धाकारमा, सरोकारवाल मौन

६ मंसिर २०७२, आईतवार ०४:२३

मंसिर ६, पर्वत । विग्रिएको ट्रान्समिटर समयमानै मर्मत गर्न नसक्दा जिल्लाका आधा दर्जन भन्दा बढि गाविस अन्धकारमय बनेका छन् । जिल्लाको बाजुङ, क्याङ, देउराली, देउपुर, तिलाहार, चित्रे, लगाएतका गाविसमा हप्तादिनदेखि विद्युतको आपूत्र्ति हुन सकेको छैन । डिमुवामा रहेको मोदीखोला जलविद्यु्त आयोजनामा ट्रान्समिटरमा खराबी आएपछि जिल्लाका आधादर्जन गाविस अन्धारमय बनेका हुन । विद्युत आपूर्ति नहुदाँ उक्त गाविसका बासिन्दाहरु अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत आपूत्ति नहुदाँ यतिबेला स्थानिबासिन्दा टुकीको भरमा बस्न बाध्य भएका छन् । विद्युत आपूत्र्ति नहुदाँ आफुहरुलाई निक्कैै असज भएको बाजुङका लाल बहादुर रेग्मीले बताए । विद्युत आपूत्र्ति नहुदाँ, आगाको राकोकोे भरमा बस्नु परेको उनको भनाई छ । “टुकी बालौ बजारमा मट्टीतेल पाइदैन, घरमा साँझ परेपछि अन्धार हुन्छ कसरी बस्ने ?” आगोको राको बालेर खाना खान्छौ अनि चाडैनै सुत्छौ। उनले भने । बाजुङ १ पोखरेकी ईश्वरी पौडेलको पनि पीडा उस्तै छ । विद्य्ुत आपूत्र्ति नहुदाँ सजह रुपमा खाना पकाउनको लागि कठिन भएको र छोराछोरीले सहजरुपमा पढ्न नपाएको उनको दुखेसो छ । “ विद्युत आपूत्र्ति नभएपनि जसोतसो घरको काम धन्दा त गरौला तर छोराछोरीको पढाई गर्न समस्या छ , या समस्याको समधान कसरी गर्ने ” उनले भनिन् ।

सूचना संचारबाट बञ्चित
हप्तादिन देखि विद्युत आपूत्ति नहु्दाँ उक्त गाविस सूचना संचारमाध्यमबाट समेत बञ्चित भएका छन् । विद्युत आपूत्र्ति नुहदाँ जिल्ला र देशमा केकस्ता घटना भएका छन् भन्नेबारेमा पछिल्लो जानकारी उनीहरुमा छैन । मोबाइल फोन सेवा, रेडियो, टेलिभिजन लगाएतका सूचनाका संचार माध्यमबाट यतिबेला ६ भन्दा बढि गाविस बाहिर रहेका छन् तर खराबी भएको ट्रान्समिटर मर्मतको लागि पहलनै नभएको स्थानियको आरोप छ । डिमुवा पातिचौरमा बस्नेहरु भने नाकाबन्दी र विद्युत आपूत्र्ति नहुदाँ दोहोरो मारमा परेका छन् । ग्यासको अभाव भैरहेको बेलामा विद्युतबाट समस्याको केहि हदमा समधान गदै आएका स्थानीयहरु यतिबेला विद्युत आपूत्र्ति नुहदाँ दोहोरो मारमा परेका हुन् । सरस्वती माध्यामिक विद्यालयका शिक्षक बिमल शर्माले विद्युत आपूत्र्ति नहुदाँ स्थानियबासी सूचना संचार माध्यमबाट बाहिर रहेको बताए । “ विद्युत आपूत्र्ति नहुदाँ रेडियो, टेलिभिजन, मोबाइल फोनबाट टाढा भएका छौ समस्याको समधान कहिले हुन्छ कुनै ठेगाननै छैन” उनले भने । यता नाकाबन्दीको मारमा परिहरको बेलामा विद्युत आपूत्ति हप्ता दिन देखि बन्द हुदाँ पनि कुनै समधानको उपाय खोजिएको महसुुस नभएको उनको भनाई छ । विद्यार्थीलाई पढाइ गर्नको लागि पनि कठिन भएको उनको तर्क छ ।

सरोकारवाला निकाय मौन जस्तै
हप्तादिन देखि विद्युत आपूत्र्ति बन्द हुदाँ गाविसबासी अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको विद्युत उत्पादन भएका क्षेत्रका प्रभावित क्षेत्रनै यतिबेला अन्धकारमा हप्तादिन देखि बस्दा र सूचना संचार माध्यमबाट बाहिर हुदाँ पनि स्थानिय सरोकारवाला निकाय मौन जस्तै देखिएको छ । विद्युत प्राधिकरण शाखा कार्यालय पातिचौरका जिवन मल्लले तेलको आपूत्र्ति नभएका कारण विग्रीएको ट्रान्समिटर बनाउन लैजान कठिन भएका कारण यस्तो समस्या देखिएको बताए । ट्रान्समिटर मर्मत गर्नको लागि काठमाडौ लैजानुपर्ने भएका कारण सवारी साधनको व्यवस्था भएसँगै समस्याको समधान हुने उनको तर्क छ । अबको केहि दिनमा विद्युत आपूत्र्ति हुने पनि उनले बताए ।­

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी