२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आधा दर्जन गाविस हप्तादिनबाट अन्धाकारमा, सरोकारवाल मौन

२०७२, ६ मंसिर आईतवार ०४:२३

मंसिर ६, पर्वत । विग्रिएको ट्रान्समिटर समयमानै मर्मत गर्न नसक्दा जिल्लाका आधा दर्जन भन्दा बढि गाविस अन्धकारमय बनेका छन् । जिल्लाको बाजुङ, क्याङ, देउराली, देउपुर, तिलाहार, चित्रे, लगाएतका गाविसमा हप्तादिनदेखि विद्युतको आपूत्र्ति हुन सकेको छैन । डिमुवामा रहेको मोदीखोला जलविद्यु्त आयोजनामा ट्रान्समिटरमा खराबी आएपछि जिल्लाका आधादर्जन गाविस अन्धारमय बनेका हुन । विद्युत आपूर्ति नहुदाँ उक्त गाविसका बासिन्दाहरु अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत आपूत्ति नहुदाँ यतिबेला स्थानिबासिन्दा टुकीको भरमा बस्न बाध्य भएका छन् । विद्युत आपूत्र्ति नहुदाँ आफुहरुलाई निक्कैै असज भएको बाजुङका लाल बहादुर रेग्मीले बताए । विद्युत आपूत्र्ति नहुदाँ, आगाको राकोकोे भरमा बस्नु परेको उनको भनाई छ । “टुकी बालौ बजारमा मट्टीतेल पाइदैन, घरमा साँझ परेपछि अन्धार हुन्छ कसरी बस्ने ?” आगोको राको बालेर खाना खान्छौ अनि चाडैनै सुत्छौ। उनले भने । बाजुङ १ पोखरेकी ईश्वरी पौडेलको पनि पीडा उस्तै छ । विद्य्ुत आपूत्र्ति नहुदाँ सजह रुपमा खाना पकाउनको लागि कठिन भएको र छोराछोरीले सहजरुपमा पढ्न नपाएको उनको दुखेसो छ । “ विद्युत आपूत्र्ति नभएपनि जसोतसो घरको काम धन्दा त गरौला तर छोराछोरीको पढाई गर्न समस्या छ , या समस्याको समधान कसरी गर्ने ” उनले भनिन् ।

सूचना संचारबाट बञ्चित
हप्तादिन देखि विद्युत आपूत्ति नहु्दाँ उक्त गाविस सूचना संचारमाध्यमबाट समेत बञ्चित भएका छन् । विद्युत आपूत्र्ति नुहदाँ जिल्ला र देशमा केकस्ता घटना भएका छन् भन्नेबारेमा पछिल्लो जानकारी उनीहरुमा छैन । मोबाइल फोन सेवा, रेडियो, टेलिभिजन लगाएतका सूचनाका संचार माध्यमबाट यतिबेला ६ भन्दा बढि गाविस बाहिर रहेका छन् तर खराबी भएको ट्रान्समिटर मर्मतको लागि पहलनै नभएको स्थानियको आरोप छ । डिमुवा पातिचौरमा बस्नेहरु भने नाकाबन्दी र विद्युत आपूत्र्ति नहुदाँ दोहोरो मारमा परेका छन् । ग्यासको अभाव भैरहेको बेलामा विद्युतबाट समस्याको केहि हदमा समधान गदै आएका स्थानीयहरु यतिबेला विद्युत आपूत्र्ति नुहदाँ दोहोरो मारमा परेका हुन् । सरस्वती माध्यामिक विद्यालयका शिक्षक बिमल शर्माले विद्युत आपूत्र्ति नहुदाँ स्थानियबासी सूचना संचार माध्यमबाट बाहिर रहेको बताए । “ विद्युत आपूत्र्ति नहुदाँ रेडियो, टेलिभिजन, मोबाइल फोनबाट टाढा भएका छौ समस्याको समधान कहिले हुन्छ कुनै ठेगाननै छैन” उनले भने । यता नाकाबन्दीको मारमा परिहरको बेलामा विद्युत आपूत्ति हप्ता दिन देखि बन्द हुदाँ पनि कुनै समधानको उपाय खोजिएको महसुुस नभएको उनको भनाई छ । विद्यार्थीलाई पढाइ गर्नको लागि पनि कठिन भएको उनको तर्क छ ।

सरोकारवाला निकाय मौन जस्तै
हप्तादिन देखि विद्युत आपूत्र्ति बन्द हुदाँ गाविसबासी अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको विद्युत उत्पादन भएका क्षेत्रका प्रभावित क्षेत्रनै यतिबेला अन्धकारमा हप्तादिन देखि बस्दा र सूचना संचार माध्यमबाट बाहिर हुदाँ पनि स्थानिय सरोकारवाला निकाय मौन जस्तै देखिएको छ । विद्युत प्राधिकरण शाखा कार्यालय पातिचौरका जिवन मल्लले तेलको आपूत्र्ति नभएका कारण विग्रीएको ट्रान्समिटर बनाउन लैजान कठिन भएका कारण यस्तो समस्या देखिएको बताए । ट्रान्समिटर मर्मत गर्नको लागि काठमाडौ लैजानुपर्ने भएका कारण सवारी साधनको व्यवस्था भएसँगै समस्याको समधान हुने उनको तर्क छ । अबको केहि दिनमा विद्युत आपूत्र्ति हुने पनि उनले बताए ।­

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?