Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

आमा पोहिल गएपछि…

By साझासवाल 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा | माघ १६, मुगु | बाल्यकाल, पढौ-लेखौं भन्ने समयमा आमा पोहील गएपछि मुगुको रारा ताल नजिकै झ्यारी गाँउका बर्ष १४ का सागर रावल आफ्नो पढाई खर्च जुटाउनकै लागि रारा तालमा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुलाई घोडा चढाएर आर्थिक आर्जन गर्ने गरेका छन् ।

दिदीको घोडाबाट आम्दानीको रकम दिदिलाई र आफूलाई बाड्ने गरेका छन् । सागरले आफ्नो पढाई खर्च मात्र होइन घरमा १ भाई १ बहिनिलाई पनि पढाई खर्च पुर्याएर बुवा र कान्छी आमालाई खाने खर्च र अन्य घर खर्च समेत आर्जन गर्ने गरेका छन् ।

पछिल्लो समयमा कर्णाली राजमार्गको सडक सन्जाल जोडीएपछि नेपालको  ठुलो तथा पर्यटकीय केन्द्र रारा तालमा केही समय यता आन्तरिक तथा वाह्य पर्यटकहरुको आर्कषर्ण बढेपछि रारा ताल वरीपोरी घुमफिरका लागि घोडाचढि व्यवसाय निकै फस्टाउन थालेको छ ।

रारा तालसम्म सडक सञ्जाल नजोडिएको हुँदा रारा घुम्न आउने आन्तरीक तथा बाह्य पर्याटकहरुलाई रारा ताल, मुर्माटपसम्म घुम्न र मनोरन्जन गर्नका लागि  छायाँनाथ रारा नगरपालिका ८ झ्यारी , वडा नम्बर ९ मुर्मा गाँउका स्थानियहरुले प्रत्येक घरमा घोडा पालेका छन् । बिहान ६ बजेदेखी बेलुका ५ बजेसम्म यहाँका स्थानिय बासीहरु पर्यटकहरुलाई घुमाउनको लागी घोडा सहित पर्यटकको पखाईमा रहेका हुन्छन ।

ताल्चा विमानस्थल देखि रारा तालको हुटु ब्यारेकसम्म २ हजार देखी २५ सयसम्म र हुटु ब्यारेकदेखी मुर्मा टप सम्म २ हजार, रारा तालको वरीपरी घोडाबाट घुमाएपछि २५ सय सेवा शुल्क लिने गरिरहेका छन् ।

कुनै दिन राम्रो कमाई हुन्छ, कुनै दिन कम पर्यटक आए भने कमै आम्दानि हुन्छ । दैनिक ४/५ हजार हुन्छ, मासिक घोडाबाट आम्दानि ४०/४५ हजार सम्म कमाई हुने छायानाथ रारा नगरपालिका बडा नम्बर ८ झ्यारि गाँउका घोडा ब्याबसयाय बाच्य रावलले बताएका छन ।

रारा घुम्न आएकी आन्तरीक पर्यटकले रारा आउदा रारा बाहेक पनि अन्य स्थानमा घुम्न चाहन्छन्, सातादश दिन बस्न चाहन्छन तर पर्यटकले चाहेजस्तो सुविधा छैन । रारा आएका पर्यटकहरुलाई एक हप्तासम्म घुमफीर तथा मनोरन्जनको लागी अन्य ब्यावस्था, होटलको ब्यावस्था भईदिने हो भने यहाँ अझै राम्रो र आम्दानि हुने स्थानीयहरु  बताउँछन् । स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारबाट अझै रारालाई ब्यावस्थीत र बिकास गर्न गरुरी रहेको त्यहाँ आउने पर्यटकको सुझाव छ ।

रारा आएका पर्यटकहरुलाई खाना-नास्ता, बास बस्न, मनोरन्जनको लागी ब्याएस्था, होमस्टेको ब्यावस्था, गाईड, रारा लगायत अन्य मुगु जिल्लाको पर्यटन पुर्वाधारहरुको जडीबुटी, लगाएतको क्षेत्रको पनि प्रचार-प्रसार गर्नको लागी बुक्लेट ब्रोसर, लगायतका होर्डिङवोर्ड रेडियो, टेलिभिजनबाट प्रचार/प्रसार गर्न जरुरी रहेको नेपालगंन्ज शिक्षा क्याम्पसका प्रध्यापकको भनाई रहेको छ ।

पछिल्लो समयमा मुगुसम्म राष्ट्रिय सडक सन्जाल विस्तार भई नेपालगंन्ज सुर्खेत तथा काठमाण्डौबाट गाडीमा २ दिनमानै रारा पुग्न सकीन्छ भने मुगुको एक मात्र हवाई सेवा सचालन हुने ताल्चा बिमान स्थल कालोपत्रे भएपछि नेपालगंजबाट रारा-ताल्चासम्म ४५ मिर्नेट, सुर्खेतबाट रारा ताल्चा सम्म ३५ मिनेट समय लाग्ने भएको हुँदा रारा तालमा आन्तरीक तथा बाह्य पर्यटकहरुको दिन प्रतिदिन घुईचो लाग्ने गरेको छ ।

घोडा चढाएर आन्तरिक तथा बाह्य पर्यटक घुमाउने कार्यमा पछिल्लो समय युवा भन्दा बालबालिक महिला बढी सक्रिय भएको देखीन्छ । बाह्य देशबाट चार सय जति पर्यटक र आन्तरीक पर्यटकहरु ९ हजार भन्दा बढी रारा आएको बुझिएको छ । बिदेशी पर्यटकहरुको अभिलेख राखेपनि रारा आउने आन्तरीक पर्यटकहरुको कुनै अभिलेख नभएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले बताएको छ ।