Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
January 30, 2019 मुगु - MG, समाज

उच्च हिमाली जिल्ला मुगुमा चिसोबाट प्रभाबितलाई कम्वल बितरण

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा | माघ १६, मुगु | उच्च हिमाली जिल्ला मुगुमा माघको पहिलो साताबाट हिमपात हुँदा निकै चिसो बढेको छ । चिसोबाट मानवीय क्षेती हुन सक्ने अबस्था भएको हुँदा चिसोबाट बच्नको लागी कम्बल बितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुले बुधबार एक कार्यक्रम गरी जिल्ला भरीका असहाय गरीव, बिपन्न  परिवार, अपाङ्ग र चिसोबाट बच्नको लागी गृहमन्त्रालयको आर्थिक सहयोगमा प्रति व्यक्तिलाई एक कम्बल र एक तन्ना गरि जिल्ला भरीका एक सय जनालाई बितरण गरीएको गृहमन्त्रलयबाट आएको ५ लाख रुपैयाले प्रति ब्याक्ती ५ हजारका दरले पर्न आउने गरि कम्बल र तन्ना बितरण गरीएको प्रखुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन ।

बृढा बुढी असहाय अपाङ्ग भएका ब्याक्तिहरुलाई बिगतका बर्षहरुमा हिउदका महिनामा बाक्लो कपडा नहुदा चिसोमा कठान्ग्रिएर बस्नु परेको थियो ।

कम्बल र तन्ना पाउदा निकै खुसी लागेको बताउने छायानाथ रारा नगरपालिका बडा नम्बर ६ कोटिला गाँउका बर्ष ७३ का कर्ण बहादुर ऐडीले हिजो आज हिउ परेको हुदा निकै चिसो भएको र अव तातो भएर बस्न पाईने भन्दै खुसि व्यक्त गरे ।

बाल्यकालैबाट आँखा नदेख्ने मुगु जिल्ला खत्याड गाँउपालिकाका बर्ष ५५ का कल्से लेपाली पनि चिसोले निकै हैरान भईरहेको अवस्थामा कम्बल पाएको भन्दै दंग परे । उनले भने 'बल्ला सरकारबाट आज कम्बल र तन्ना पाउदा अब चिसो बाट बचिने भईयो ।'

मृहमन्त्रालयबाट हिमाली जिल्लामा रहेका चिसो र हिउँमा परि जोखीममा रहेका ब्याक्तिहरुलाई चिसोबाट बच्नको लागी न्यानो बपडा बितरण भए अनुसार मुगु जिल्लाको एक नगरपालिका ती गाँउपालिका मध्य सबै भन्दा बढी छायानाथ रारा नगरपालिका भित्रका मानिसहरुले बढी राहत पाएको स्थानियहरुको गुनासो छ । छायानाथ नगरपालिका भन्दा उच्च भेग भएको र बढी हिमपात हुने तथा चिसो बढी हुने मुगमकामारोङ्ग गाँउपालिका, खत्याड र सोरु गाँउपालिका अन्तरगत उच्च बस्तीमा बढी चिसो हुने भएकोले सरकारले लक्ष्य भन्दा र नगरपालिका भन्दा कम सेवा पाउने हुनकी भन्ने स्थानियहरुको गुनासो रहेको छ ।