२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हिंसा विरुद्ध र्याली

२०७२, ९ मंसिर बुधबार ०८:३६

मंसिर ९, पर्वत / हरेक बर्षको २५ नोभेम्बरमा मनाइने अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान बुधबार देखि सुरु भएको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनर्निर्माण, शिक्षा र समान ब्यबहार’ भन्ने मूल नाराका साथे लैंगिक हिम्सा बिरुद्दको १६ दिने अभियान बुधबारदेखि शुरु भएको हो । अभियानको अबसरमा पर्वत जिल्लामा महिला हिंसा विरुद्ध ¥याली प्रदर्शन गरीएको छ । लैगिक हिंसा विरुद्धमा आयोजना गरिएको ¥याली प्रदशीनीमा जिल्लामा रहेका सरकारी तथा गैरसरकारी, महिला मानवअधिकारीकर्मी तथा महिलाको हक हितका लागि आवाज उठाउने संघसंस्थाहरुले संयुक्त रुपमा ¥याली प्रदर्शन गरेका थिए ।

सदरमुकाममा आयोजना गरिएको लैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा बोल्दै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले लैगिक हिंसा अन्त्य गर्नको लागि महिला पुरुष दुवै सचेत र सजग हुनुपर्ने आवश्यकता रहेको औलाए । महिला र पुरुष भनेको “एक सिक्काका दुइ पाटा” भएका कारण दुवै मिलेमा मात्रै हिंसाको अन्त्य हुने दाबी गरे । पछिल्लो समयमा जिल्लामा बन्दै गएको भ्रुण हत्या लैगिक हिंसाको उपज भएको भन्दै जबसम्म छोरा र छोरीलाई समान अर्जुन दृष्टिले हेरिदैन तब सम्म महिला हिंसा अन्त्य नुहने उनको भनाई छ ।

महिलाले नै महिलामाथि अमानविय व्यवहार गर्ने र छोरा र छोरीमा विभेद गर्ने गरेका कारण लैगिक हिंसाको अन्त्य हुन नसेको उनको बुझाई छ । महिला तथा बालबालिका कार्यालय पर्वतकी कार्यालय प्रमुख सत्यदेवी अधिकारीले लैगिक हिंसा अन्त्य गर्नको लागि महिलानै सहज र सचेत हुनुपर्ने जरुरी रहेको र्औलाइन् । जब सम्म महिला आफु हिंसाको चपेटामा पर्दा पनि त्यसको कानूनी उपचार वा बाहिर ल्याउन चाहदैन त्यसका कारण नै हिंसा र्मौलाउदै जान्छ त्यसैले महिलानै हिंसाको विरुद्धमा सचेत हुनु आवश्यक रहेको उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध