२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई चिंनिया १२५ दिनसम्म ताइवान विमानस्थलमै अलपत्र परेपछि…

२०७५, १७ माघ बिहीबार ११:५२

माघ १७, ताइपेइ । ताइवानको एक विमानस्थलमा चार महिनाभन्दा बढी समय अलपत्र परेका दुई जना चिनीया नागरिकलाई ताइवान सरकारले देशभित्र प्रवेश गर्ने अस्थायी अनुमति दिएको छ । 

ताइवानको ताओयुन विमानस्थलको प्रतीक्षास्थलमा अलपत्र परेकाहरुमा ६४ वर्षीय लिउ झिङलियान र ४४ वर्षीय यान केफेन रहेका छन् । उनीरु दुबै चीनका मानव अधिकार अभियन्ता रहेको बताइएको छ । 

उनीहरु गत वर्ष सेप्टेम्बरमा थाइल्यान्डको बैंककबाट ताइवान आइपुगेका थिए । 

राजनीतिक कारणबाट उनीहरु चीनबाट भागेको बताइएको छ । थाइल्यान्डमा रहँदा उनीहरुले राष्ट्रसङ्घ मार्फत शरणार्थीको मान्यता पाएका थिए । 

तर थाइल्यान्डमा प्रहरीले पटकपटक उनीहरुसँग सोधपुछ गर्ने गरेको तथा कतिपय अवस्थामा त्यस्ता व्यक्तिलाई चीन फर्काइदिने गरेका कारण आफूहरु थाइल्यान्ड छाडेर ताइवान आइपुगेको उनीहरुले बताएका छन् । 

ताइवानका अध्यागमन अधिकारीहरुले दुबैलाई ताइवान प्रवेश गर्न अनुमति दिएको थिएन । ताइवानको लोकतान्त्रिक सरकारले उनीहरुलाई चीन नै फर्काउन आनकानी गरिरहेको अवस्थामा अन्ततः मानवीय दृष्टिबाट अस्थायी अनुमती दिएको छ । 

उनीहरु दुबैले क्यानाडामा शरणार्थी हुन पनि आवेदन दिएका छन् । 

लिउ र यानले आफूहरुलाई शरण दिएकामा ताइवान सरकारप्रति आभार व्यक्त गरेका छन् । तर उनीहरुले चीनका कारण ताइवानमाथि कुनै किसिमको समस्या निम्त्याउन नचाहेको पनि बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ