Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
January 31, 2019 मुगु - MG, समाज

घर बन्ने भएपछि अग्नी पिडीत निकै खुसी

By साझासवाल 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा | माघ १७, मुगु | जिल्लाको पुर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउपालिका वडा नम्बर ४ किम्री गाउँका बैशाख २० गते आगलागी हुँदा १९ घर जलेर नष्ट हुँदा कुनैपनि निकायबाट घर निमार्णको लागी सहयोग नपाएका अग्नी पिडीत पछिल्लो समयमा एक स्थानिय संस्थाले घर बनाईदिने भएपछि निकै खुसी भएका छन ।

मानव अधिकार तथा वाताबरण बिकास केन्द्र (हेरेन्डेक) मुगु नेपाल नामक स्थानिय संस्थाले अग्नी पिडीत १९ घर धुरीलाई प्रति घर ६ लाख १९ हजारका दरले ५ कोठा भएको घर र १९ बटा सौचालय स्थानिय स्थरमा पाईने माटो ढुंगा, काठबाट अग्नी पिडीतको घर बनाईदिन लागेको संस्थाका अध्यक्ष राजु कार्कीले बताएका छन । कार्कीका अनुसार उच्च हिमाली भेगमा बस्ने भोटे समुदायको घर आगलागी भएको १० महिना बितीसक्दा पनि कुनैपनि निकायबाट घर बनाउन पहल नभएको हिउदको समयमा हिउ पर्दा पनि त्रिपाल र काठको टहरामा ज्यानलाई मृत्यूको बाजिमा राखेर बसेको देख्दा मानबको जीवन बाच्न पाउने अधिकार हुदाहुदै अकालका यी बस्तीका मानिसको ज्यान जाने देखिएको हुँदा मानवीय उद्दारको लागी १९ घर परिवारलाई १ करोड २६ लाख ५५ हजारका बरावरको रकमबाट घर बनाउन लागेको र २०७६ सालको जेष्ठ महिना भित्र घर र चपि बनाई सक्ने कार्कीले बताएका छन ।

२०७५ साल बैशाख २० गते  आगलागी हुदा केही राहात लिएर आर्मिको हेलिप्याटबाट किम्री गाँउको प्रलोक भन्ने ठाँउमा पुगि कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले अग्नि पिडीतहरु बस्ती पुन निमार्णको लागी घर बनाईदिने बाचा गरेपनि पुर्न मुख्य मन्त्री बेखवर बनेर अग्नी पिडीतहरुलाई झुट्टा बाचा दिएको गुनासो गरेका छन । हिजो आज निकै चिसो भई हिउँ पर्दा पालमुनिको बास गुजारा गनु पर्दा निकै गारो भएको स्थानिय बासीको गुनासो रहेको छ ।

गएको वैशाख २० गते विहान लागेको आगोका कारण १९ घर जलेर नष्ट भए पछि अग्नि प्रभावित परिवारहरु आफन्त र अस्थायी टहराको सहारा लिई रहेका छन । तर आगोले खण्डहर भएका घरहरु निर्माण कसरी गर्ने भएको धनमाल सम्पति जलेर नस्ट भई सकेको छ । हिजो आज हिउँ पर्दा टहरामा नै चिसो रात  बिताउदा निकै पिरलो बढ्दै गएको स्थानीयवासी याङ्गजेन लामाले बताईन । आगलागिबाट १९ घरधुरीका स्थानीयवासी घरबास विहिन भए पछि तत्काल कर्णाली प्रदेशका मुख्य मन्त्री सहितको टोली आपतकालिन राहत लिएर हेलिकप्टर बाट टुरीस्ट हिसावले पुगेर अग्नि पिडीतका लागि पुर्नवासको व्यवस्था गर्न को लागी घर बनाई दिने प्रदेश सरकार लागि परेको र तत्काल घर निर्माणका लागि जुट्ने आश्वासन दिए पनि त्यस पछि खासै अग्नी पिडीतको गुनासो लाई सम्बोधन हुन नसकेको स्थानीय कार्मावाङ्गजुक लामाले बताए ।

सरकारले आगलागि भएको बेला एक एक त्रिपाल दिएको छ ।आफुहरुले अनुरोध गर्दा घर बनाई दिने मुख्य मन्त्रीले बाचा दिएका थिए हिजो आज चिसोले गर्दा चौपाए मनन् लागी सके बुढा बुढी बाल बच्चाहरुलाई कसरी पाल मुनि बस्ने सरकार दिउला दिउला भन्दै समय गही सकेको छ । १ त्रिपालमानै चित्त बुझएको छ प्रदेश सरकारले भन्दै गुनासो गरेको छन  ।

आगलागी भएको समयमा प्रतिनिधी सभाका सदस्य गोपाल बहादुर बमले किम्री गाँउमा रहेका १९ घर परीबारलाई सरकार बाट सस्तो दरभाउमा ऋर्ण उपलब्ध गारई दिर्ने आसा दिए पनि बचनमानै सिमित भएको अग्नी पिडीतको गुनासो रहेको छ ।

अग्नि पिडीतका लागि तत्काल सरकारी तथा गैर सरकारी संस्था , उद्योगि व्यापारीहरुबाट राहत लत्ता कपडा, उपभोग्य बस्तु र त्रिपालको टहरा बनेको तथा गाउँपालिकाले तिन महिना सम्म पुग्ने खाद्यन्नको व्यवस्था गरे पनि घर निर्माणका लागि कहिं कतैबाट पहल नभएको स्थानीयवासीले बताएका छन ।  गाउँपालिकाले अग्नि पिडीतका लागि कस्तो घर बनाउने र कति खर्च लाग्छ भन्ने प्राविधिक अध्ययन गरि जिल्ला दैवी प्रकोप उद्धार समितिमा पठाई सकेको तर स्थानीयवासीको पहल कदमी हुन नसकेको मुगुम कार्मारोङ्ग गाउँपालिकाले बताएको छ । नयाँ घर पुर्न निर्माण तथा आवास व्यवस्थापनका लागि सरकारले गर्ने कुल सहयोगको दश प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने निर्णय भएको छ ।

आगलागिका कारण सबै धनमाल , अन्न पात जलेर नष्ट भए पछि टहरामा बस्दै आएका अग्नि पिडीतले जेनतेन वर्षा समय कटाए पनि हिउद कसरी कटाउने , घर कसरी बनाउने , घर परिवार कसरी पाल्ने भन्ने चिन्ता व्यक्त गरिरहे पनि सरकारले उनिहरुको पुर्नवास र आवास व्यवस्थापनका बारे कुनै पहल नगरेको उनिहरुले बताएका छन ।

अहिले यो आगलागी बस्तीमा प्रदेश नम्बर ६ सरकार बाट कुनै पहल नहुदा एक स्थानिय सस्था हिरिन्डेक नामक सस्थाले अग्नी पिडीतको पुन बास स्थानको लागी घर बनाउन लागीरहेको छ ।