2026-09-18 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वाजुङ गाविसमा जाने बजेट पारदर्शी रहेको सरोकारवालाहरुको भनाई

मंसिर ११, पर्वत । गाविस कार्यालयमा सञ्चालन हुने हरेक कृयाकलापमा पारदर्शिता अपनाउने पर्वतको बाजुङका सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । नवचेतना सामुदायिक विकास केन्द्र कुश्माको आयोजना तथा एलजिएएफ कार्यक्रमको आर्थिक सहयोगमा गाविसमा सम्पन्न एकदिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा बोल्ने सरोकारवालाहरुले आजसम्म पनि गाविसका काम पारदर्शी रहेको र आगामी दिनमा पनि पारदर्शी बनाउने बताएका हुन् ।

गाविसको विकासमा आएको बजेट लक्षित क्षेत्रमा प्रयोग हुने त्यहाँका राजनितिक दलहरुको भनाई थियो । गाविस सचिव भीमप्रसाद अर्यालले एलजिएएफ कार्यक्रमले गाविसलाई अनुगमन गरेर पारदर्शी बनाउन सहजीकरण गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले वडा नागरिक मञ्चबाट आएका योजनालाई प्राथमिकता दिने, सार्वजनिक सुनुवाई गर्ने, सार्वजनिक सुचना पार्टिको व्यवस्था गर्ने र गुनासो सुन्ने प्रभावकारी सयन्त्र खडा गर्ने जनाउनुभएको थियो ।

एलजिएएफ कार्यक्रमको कार्यबिधी र उदेश्यका बारेमा एलजिएएफ कार्यक्रमका कार्यक्रम संयोजक यज्ञप्रसाद शर्माले सहभागीहरुलाई जानकारी दिनुभएको थियो । गाविसको कार्यलयमा भएको कार्यक्रममा सरोकारवाला ४२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत नवचेतना सामुदायिक विकास केन्द्रकी उपाध्यक्ष शान्ती ढकालले गर्नुभएको थियो भने सञ्चालन एलजिएएफ कार्यक्रमका उत्तरदायी अनुगमन अधिकृत सुदिप लामिछानेले गर्नुभएको थियो ।

एलजिएएफ कार्यक्रमका उत्तरदायी अनुगमन अधिकृत प्रकाश पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेस गाउँ कार्यसमितिका सभापती कृष्णप्रसाद अधिकारी, एमाले गाउँ कमिटि अध्यक्ष राजेश शाहि, एकिकृत नेकपा माओबादी अध्यक्ष जयबहादुर अखेली, राप्रपाका अध्यक्ष जगतबहादुर पौडेल,नेकपा एकिकृतका अगनबहादुर विक, महेनद्र शिखरी उच्च माविका प्राचार्य यामप्रसाद अधिकारी, विश्वशान्ती प्राविका प्रधानाध्यापक ओमप्रकाश पौडेल, मनकामना प्राविका प्रधानाध्यापक संझना अधिकारी, वडा नागरिक मञ्चका संयोजक माया कुँवर,चिन्तामणी शर्मा, राजकुमार केसी, अनिता मल्ल, भिमलाल शर्मा, देबेन्द्र हमाल, गंगादेबी मल्ल, नागरिक सचेतना केन्द्रकी संयोजक मेनुका विक, अपाङ्ग सञ्जालका गोमादेवी आचार्य, महिला सञ्जालकी दुर्गादेवी शर्मा, कृषि सञ्जालका बिदुर हमाल, दलित सञ्जालका तारा दर्जी, सामाजिक परिचालक सावित्री अधिकारी, सुआहारा पर्वतकी फिल्ड सुपरभाईजर पूजा रानाले बोल्नुभएको थियो । यसैबिच ठानामौला गाविसमा एलजिएएफ कार्यक्रमले मंसिर १३ गते अभिमुखीकरण कार्यक्रम हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई