पढ्न करिब 1 मिनेट लाग्छ

दान बहादुर बुढा | माघ १८, मुगु | नेपालमा पछिल्लो समयमा एचआईभी रोगका बिरामिहरुको संख्या बढीरहेको समयमा मुगु जिल्लामा भने अहिलेसम्म कुनै पनि एचआईभि एड्स रोगी नभेटिएको तथ्यांक फेला परेको छ ।

बिहीबार जिल्ला स्वास्थ्य कार्यालय मुगुले सदरमुकाम गमगढीमा सरोकारवालाहरुका लागी एचआइभि एड्समा हुने लाञ्छना भेदभाव न्यूनिकरण सम्बन्धी अन्तरक्रिया तथा छलफलको एक कार्यक्रममा जिल्ला भरीमा रहेका स्वास्थ्य संस्थामा रहेको रेकर्ड र स्वास्थ्य संस्थामा उपचार गराउन आउने सेवा गरिरहेको रगत परिक्षण गर्दा अहिलेसम्म कुनै पनि रेकर्डमा एचआईभि एड्स लागेको बिरामी नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय मुगु ठिमीका प्रमुख सुरज गुरैले बताएका छन् ।

सरोकारवाला स्थानिय सरकारका वडा अध्यक्ष नागरिक समाज, जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुमा ब्यापक छलफल गर्दा यो एचआईभि एड्स रोग छिमेकी जिल्ला भारतमा मजदुरी ज्यालामा काम गर्न गएका नेपाली र मुगालीहरुबाट सर्न सक्ने सम्भावना देखिएको हुँदा एचआईभि एड्स रोगबाट बच्चन र रोग लागी सकेकालाई रोगबाट न्यूनिकरण गर्नको लागि पटक-पटक जिल्लाभरी जनचेतना मूलक कार्यक्रम सन्चालन गर्नुपर्ने देखिएको नेपाल पत्रकार महासंघ शाखा मुगुका अध्क्षय नृपेन्द्र बहादुर मल्लले बताएका छन् ।