२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

अग्नि पिडितलाई राहत बितरण

२०७५, २० माघ आईतवार १५:४१

दान बहादुर बुढा | माघ २०, मुगु | छाँयानाथ रारा नगरपालिका–१३ लुमा गाँउका अग्निपिडितहरुलाई जिल्ला दैविक प्रकोप ब्यवस्थापन समितिले  राहत बितरण गरेको छ ।

छाँयानाथ रारा नगरपालिका–१३ लुमा गाँउका मुसि कामिको घरमा माघ १६ गते दिउसो  घरमा राखिएको सोलार ब्याट्री पड्किएर पछी आगलागी भएको थियो । आगलागीबाट मुसिको घर पुर्ण रुपले क्षेति भएको र संगै रहेको दन्त कामिको घर समेत आंशिक रुपले क्षेति भएपछी दुबै घर परिवारलाई जिल्ला दैबिप्रकोप ब्यवस्थापन समितिले नगद तथा न्यानो कपडा बितरण गरेको हो ।

जिल्ला दैविक प्रकोप ब्यवस्थापन समिति मुगुका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले दिएको जानकारी अनुसार आगलागीबाट पुर्ण रुपमा क्षेति ब्यहोरेका मुसि कामिलाई नगद २५ हजार न्यानो कम्वल, तन्ना आंसिक रुपमा क्षेति ब्यहोरेका दन्त कामिलाई नगद ५ हजार न्यानो कम्वल, तन्ना बितरण गरिएको थियो । 


दुबै अग्नि पिडितलाई जिल्लामा कार्यरत हिमाली ग्रामिण युवा बिकास केन्द्र हिरिसडेकले दुई दुई थान सिलपिन ब्याक, सरसफाईका सामग्री, दुबै घर परिवारका नौ जना बिद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री जिल्ला दैबि प्रकोप ब्यवस्थापन समितिको रोहवरमा कर्णाली प्रदेशका सांसद चन्द्र बहादुर शाहिले जिल्ला प्रशासन कार्यालयमा बितरण गरेका हुन ।

प्रदेश सासंद शाहीले अग्नी पिडीतलाई प्रदेश सरकार बाट पनि केही राहदको लागी पहल गरी उपलब्ध गराउने अग्नी पिडीटलाई आस्वासन दिएकाा छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना