२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

आफै मर्न थाले कर्णाली नदीका माछा

२०७५, २१ माघ सोमबार ०६:२०

माघ २०, कालीकोट । कर्णालीमा नदीका माछा मर्न थालेका छन् । हिउँले हिमाल सेताम्मे भएका बेला नदीका माछा मर्न थालेका हुन् ।

विगत केही दिनदेखि कर्णाली नदीमा सिसिने खोला तथा नदीका माछा मर्न थालेका छन् । मरेका माछा नदी छेउको किनारमा भेटिन थालेका स्थानीयले बताएका छन् । कालिकोटका सान्नी त्रिवेणी गाउँपालिकाको सान्नीगाड, नररिनाथ गाउँपालिकाको रहगाड र महावै गाउँपालिकाको पादमघाट नदीमा माछा मर्न थालेका हुन् । अत्याधिक मात्रामा हिमाल पाइने खिरउलो (सेतक चिनी) को दोहनका कारणले नदीका माछा मर्न थालेको स्थानीय आंशकाले गरेका छन् । हिमालमा पाइने खिरउलो (सेतक चिनी) उमालेको पानी, जरा हिमालमा छाडिएको हिउँ पर्दा त्यसको पानी नदीमा मिसिएका कारणले माछालाई विषको रुपमा प्रयोग हुन गएको तिलागुफा नगरपालिका १ नाग्मबजारका शंकर उपाध्यायले आशंका गरे । ‘हिमालमा खिरउलो (सेतक चिनी) अत्याधिक दोहन भयो। त्यो उमाल्दा फालिएको पानी र जरा जथाभावी फालिएका कारणले अहिले हिउँ पग्लिएर पानीमा मिसिँदा माछा मरेको हुन्’ उनले भने,‘ खिरउलो (सेतक चिनी) ले माछालाई विषको काम गर्दो रहेछ ।’ 

रारालिहि, कुडारी, तातोपानी, हाँकु, छिनासाँघु लगायतका विभिन्न नदी स्थानमा माछा मरेका छन् । नदीका माछा मरेको विषयमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले तीन तीन सदस्यीय समिति गठन भएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख गोविन्दबहादुर महतको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोली गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना