२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

आफै मर्न थाले कर्णाली नदीका माछा

२१ माघ २०७५, सोमबार ०६:२०

माघ २०, कालीकोट । कर्णालीमा नदीका माछा मर्न थालेका छन् । हिउँले हिमाल सेताम्मे भएका बेला नदीका माछा मर्न थालेका हुन् ।

विगत केही दिनदेखि कर्णाली नदीमा सिसिने खोला तथा नदीका माछा मर्न थालेका छन् । मरेका माछा नदी छेउको किनारमा भेटिन थालेका स्थानीयले बताएका छन् । कालिकोटका सान्नी त्रिवेणी गाउँपालिकाको सान्नीगाड, नररिनाथ गाउँपालिकाको रहगाड र महावै गाउँपालिकाको पादमघाट नदीमा माछा मर्न थालेका हुन् । अत्याधिक मात्रामा हिमाल पाइने खिरउलो (सेतक चिनी) को दोहनका कारणले नदीका माछा मर्न थालेको स्थानीय आंशकाले गरेका छन् । हिमालमा पाइने खिरउलो (सेतक चिनी) उमालेको पानी, जरा हिमालमा छाडिएको हिउँ पर्दा त्यसको पानी नदीमा मिसिएका कारणले माछालाई विषको रुपमा प्रयोग हुन गएको तिलागुफा नगरपालिका १ नाग्मबजारका शंकर उपाध्यायले आशंका गरे । ‘हिमालमा खिरउलो (सेतक चिनी) अत्याधिक दोहन भयो। त्यो उमाल्दा फालिएको पानी र जरा जथाभावी फालिएका कारणले अहिले हिउँ पग्लिएर पानीमा मिसिँदा माछा मरेको हुन्’ उनले भने,‘ खिरउलो (सेतक चिनी) ले माछालाई विषको काम गर्दो रहेछ ।’ 

रारालिहि, कुडारी, तातोपानी, हाँकु, छिनासाँघु लगायतका विभिन्न नदी स्थानमा माछा मरेका छन् । नदीका माछा मरेको विषयमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले तीन तीन सदस्यीय समिति गठन भएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख गोविन्दबहादुर महतको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोली गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने