2026-07-24 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरेन्द्रनगरमा शहिद स्मारक बन्छ: मुख्यमन्त्री शाही

माघ २२ सुर्खेत । प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुको स्मृतिमा प्रदेश राजधानी सुर्खेतको मुख्य चोकमा सहिद स्मारक निर्माण गर्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । सहिदहरुको वलीदानीबाटै कर्णाली प्रदेश प्राप्त भएकाले सहिदहरुको सम्मान गर्नु सरकारको दायित्व भएको पनि बताएका हुन् ।

मुख्यमन्त्री कार्यालयमा प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा भएका घाईते अपाँङ्गहरुको मागपत्र समेत मुख्यमन्त्री शाहीलाई बुझाइएको छ । घाईते तथा अपाङ्गहरुको लागि पनि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता शाहीले जनाएका छन् । ‘यो प्रदेश प्राप्तीको मुख्य देन सहिद र तपाई घाईते योद्धाहरुको हो’ मुख्यमन्त्री शाहीले भने, ‘तपाईहरुका माग जायज छन, सरकार माग संवोधका लागि गंभिर छ ।’ ०७२ साउन २५ गतेदेखी सुर्खेतमा भएको प्रदेश प्राप्तिको आन्दोलनमा घाईते भएका आफुहरुले अझै पनि उपचार तथा हवाई यातायातको खर्च नपाएको भन्दै घाईतेहरुले मुख्यमन्त्री समक्ष गुनासो गरेका थिए । उनीहरुले घाईते भईसकेपछि उपचारका लागि हवाईजवाज चार्टर समेत आफन्तहरुले गरेको र चार्टरको भाडा पनि अहिलेसम्म सरकारले भुक्तानी नगरेको भन्दै उक्त भाडा भुक्तानीको माग गरेका छन । घाईतेहरुले मुख्यमन्त्री शाहीसंग थप उपचारको व्यवस्था, आफु र परिवारको योग्यता वमोजिम जिविकोपार्जन तथा रोजगारी र छोराछोरीको निःशुल्क शिक्षाको समेत माग गरेका छन ।

प्रदेश संरचना निर्माणका क्रममा तत्कालीन सरकारले भेरी, कर्णाली र राप्तीका २ जिल्ला र सुदुरपश्चिमका सेती र महाकाली सहित एउटै प्रदेश निर्माण गर्ने निर्णय गरेको थियो । भेरी, कर्णाली र राप्तीका २ जिल्ला सहितको छुट्टै प्रदेशको माग गर्दै हरेक जिल्लामा आन्दोलन चर्किएको थियो । आन्दोलनका क्रममा सरकारले वल प्रयोग गर्दा सुर्खेतमा ४ जनाको ज्यान जानुको साथै धेरैको संख्यामा घाईते तथा अपाङ्ग हुनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक