2026-07-25 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्

लक्ष्मी गारु । माघ २३, भादगाउँ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उहाँले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको  भनी निवेदन दिनुभयो । 

प्रहरीले खोजतलासको क्रममा सो मोबाइल काठमाडौँको स्वयम्भूमा फेला पारी गत माघ १५ गते आचार्यलाई बुझायो । मध्यपुर थिमि–१ लोकन्थली नै बस्ने कीर्तिनिधि भट्टको भिभो भि नाइन मोबाइल सेट स्थानीय निष्ट स्कुल नजिक हरायो । उहाँले पनि गत माघ ३ गते मोबाइल सेट हराएको निवेदन थिमि वृत्तमा दिनुभयो । प्रहरीले अनुसन्धानका क्रममा सो मोबाइल सेट १० दिनपछि लोकन्थलीबाटै फेला पारी भट्टलाई गत माघ १४ गते बुझायो । 

त्यसैगरी मध्यपुर थिमि राधेराधे बस्ने मोहनकृष्ण खनालको सामसुङ ग्यालेक्सी जे सेभेन मोबाइल सेट गत पुस २० गते मध्यपुर अस्पताल हाताबाटै हरायो । सो मोबाइल प्रहरीले २० दिनपछि काठमाडौँंको नयाँ बानेश्वरमा फेला पारी गत माघ ११ गते खनाललाई बुझायो । 

महानगरीय प्रहरी वृत्त थिमिले चालु आर्थिक वर्ष २०७५÷७६ मा मात्र ३५ वटा हराएका मोबाइल फेला पारी मोबाइल धनीलाई बुझाएको छ । वृत्तका अनुसार हप्तामा दुई÷चार वटा मोबाइल हराएका निवेदन आउने गरेको छ । 

हराएकामध्ये महीनामा पाँच÷सातवटा मोबाइल फेला पर्ने गरेको छ । प्रहरीले हराएको मोबाइलका सम्बन्धमा निवेदन लिनका लागि मोबाइल सेटको प्रकार र मोबाइल सेटमा हुने आइओएमआई नम्बरसहितको विवरण उल्लेख भएको निवेदनको ढाँचा नै तयार गरी लागू गरेको छ । 

पीडितले सो निवेदन भरेर दिएपछि निवेदनलाई प्रहरीको अपराध महाशाखा टेकुमा अनुसन्धान र खोजतलासको लागि पठाउने गरिएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार मोबाइलको खोजी र अनुसन्धान गर्न नेपाल प्रहरीले हाललाई अपराध महाशाखामा मात्र युनिट खोलेको छ । मोबाइल सेवा प्रदायक टेलिकम कम्पनीसँग पनि सहकार्य र समन्वय गर्नुपर्ने र मोबाइल खोजीको प्रविधिका कारण पनि हाललाई महाशाखामार्फत मोबाइलको खोजी तथा अनुसन्धान गर्ने गरिएको उहाँले बताउनुभयो । 

मोबाइल हराएको निवेदनका आधारमा खोज तथा अनुसन्धान गर्ने र फेला परेपछि कुन प्रकृतिबाट हराएको सो अनुसार कारवाही अघि बढाउने गरेको प्रनाउ केसीले बताउनुभयो । “मोबाइल धनीले हराएको भनी निवेदन दिएको छ भने फेला परेपछि मोबाइल धनीलाई बोलाएर हस्तान्तरण गर्छौं । 

चोरी भएको निवेदन हो भने चोरी मुद्दा दायर गरी कारबाही अघि बढाउने गरेका छौँ,” उहाँले भन्नुभयो,“वृत्तका अनुसार हाल छ वटा मोबाइल चोरीका मुद्दा दायर भएर अदालतमा विचाराधीन रहेको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले परिसर र परिसर मातहतका जिल्लाका दुई प्रहरी वृत्तमा गरी सरदर दैनिक एक मोबाइल हराएका निवेदन पर्ने गरेको जानकारी दिनुभयो । त्यसमध्ये २५ देखि ३० प्रतिशत मोबाइल फेला पर्ने गरेको उहाँले बताउनुभयो । 

मोवाइल हराएका घटना हेर्दा सामान्य देखिए पनि प्रहरीले त्यस्ता निवेदनको निरन्तर छानबिन र खोजी कार्य जारी राख्ने गरेको प्रनाउ पोखरेलले बताउनुभयो । “हेर्दा सामान्य देखिएपनि मोबाइल हराएको निवेदनमा प्रहरीले निरन्तर खोजी जारी राख्ने गरेको छ । त्यसैको परिणाम मोबाइल हराएको छ महीनापछि पनि फेला परेका उदाहरण छन्,” उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ