२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

वडा कार्यालय लफ्याङलाई एम्बुलेन्स

२०७५, २३ माघ बुधबार १६:५७

चिसाङ शेर्पा | माघ २३, खोटाङ | वडा कार्यालय लफ्याङलाई लागि एम्बुलेन्स प्राप्त भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङलाई एकवटा एम्बुलेन्स प्राप्त भएको हो । प्राविधिक शिक्षालय स्थापनाका लागि सञ्चालित पुराणको अन्तिम दिन बुधबार एम्बुलेन्स हस्तान्तरण गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लफ्याङलाई दिएकोे एम्बुलेन्स स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा. कृष्ण कुमार राईले लफ्याङका वडाध्यक्ष निर्मल राईलाई हस्तान्तरण गरे । प्राप्त एम्बुलेन्सले लफ्याङवासी बृद्ध, गर्भवती महिला र गरीव असाहयलाई जिल्ला अस्पताल दिक्तेलसम्म आवतजावत गर्न निःशुल्क सुविधा दिने वडाध्यक्ष राईले बताए । ‘अन्य के कस्ता सेवा दिन सकिन्छ भन्ने’ विषयमा छिट्टै आगामी दिनमा छलफल गरिने उनको भनाई छ । 


यसैविच, लफ्याङको श्रीमावि बाँसबोटे माविमा प्राविधिक शिक्षालय स्थापनाका लागि गत बुधबार (माघ १६) गतेदेखी सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पुराण समापन भएको छ । प्राविधिक शिक्षालय स्थापनागरी गाउँघरमै प्राविधिक शिक्षा दिने उद्देश्यले सञ्चालित पुराणबाट (बैंक तथा खातामा जम्मा भएको वाहेक) १९ लाख ५५ हजार ४२५ रुपैयाँ आर्थिक संकलन भएको श्रीमावि बाँसबोटेका विद्धालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र राईले बताए । शिक्षाजस्तो महान कार्यको थालनीमा सवैले देखाएको साथ सहयोगबाट प्राविधिक शिक्षालय स्थापना गर्नमा हौसला बढेको र प्राविधिक शिक्षालय स्थापना गरेरै छाडिने विव्यास अध्यक्ष राईले बताए । 

माथिको तश्विरमा: एम्बुलेन्सको बिलबुक वडाध्यक्ष निर्मला राईलाई हस्तान्तरण गर्दै  डा. कृष्ण कुमार राई । तश्वीर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा