Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अर्घाखाँचीमा आफ्नै बावुबाट १२ वर्षीया छोरी बलात्कृत

By kit 2 मिनेट पढाइ

माघ २३, अर्घाखाँची – अर्घाखाँचीमा आफ्नै बावुबाट १२ वर्षीया छोरी बलात्कृत भएकी छिन् ।

जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर–६, मा आफ्नै छोरी गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमती घरमा नभएको बेला डर देखाएर छोरी बलात्कार गर्ने बाबुविरुद्द श्रीमतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो ।

श्रीमतीका अनुसार श्रीमानले आफू घरभन्दा टाढा आफन्तको घरमा गएको बेला छोरी र श्रीमान मात्र घरमा भएको मौका छोपी छोरीलाई राति बलात्कार गरेका हुन् ।

आफ्नै श्रीमान भए पनि कानुनबमोजिम कारबाही गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पीडितकी आमाले जाहेरी दिएपछि घटना वाहिर आएको हो ।

आफ्नै बाबु भएकाले आरोपीको नाम, थर, गोप्य राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।