२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटको दुर्गम गाँउमा बिजुली बल्यो

२०७५, २४ माघ बिहीबार ०७:३१

माघ २४, जाजरकोट | बारेकोट गाउँपालिकाको दुर्गम गाउँमा छ वर्षपछि बिजुली बत्ती बलेको छ । बिजुली बलेपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । वर्षौंदेखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयवासी २४ घण्टा गाउँमा बिजुलीको सुविधा भएपछि दङ्ग परेका हुन् । 

गाउँपालिका–८ को सेपुखोलास्थित गाउँ नजिकैको सेपुखोलाबाट ३३ किलोवाट विद्युत् उत्पादन भएको छ । बिजुली बलेपछि सेपुखोला, गोलखारा, जुगेन, बन्डाला, रैनेपानी, छुतीपाल्ती, कोलयानी, डाँडागाउँलगायत क्षेत्रका ३३३ घरधुरी प्रत्यक्ष लाभान्वित भएको सेपुखोला लघु जलविद्युत् आयोजना निर्माण समितिका अध्यक्ष वेदराज सिंहले बताउनुभयो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दको अनुदान, नगरपालिका तथा स्थानीयवासीको जनश्रमदान गरी कूल रु दुई करोड लागतमा विद्युत् आयोजना निर्माण भएको सिंहले बताउनुभयो । बिजुली बाल्न प्रतिघरपरिवारले एक महीना बढी श्रमदान गरेका थिए । 

गाउँमा बिजुली बत्ती बलेपछि वडापालिका, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी, पशु उपशाखालगायत कार्यालयको कामकाजमा सहज भएको छ । 

बिजुली बलेपछि बालबालिकालाई पढ्न लेख्न प्रत्यक्ष फाइदा पुगेको छ भने बालबालिकामा पढ्ने बानीको विकास भएको विद्यार्थी मानकुमारी बुढाले बताउनुभयो । 

प्रसारण लाइनको सब स्टेशन बन्ने 

जाजरकोटको नलगाड नगरपालिका–७ दानी पिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन बन्ने भएको छ । उत्पादन कम्पनीका प्रमुख मोहन पन्त, ग्रिड उत्पादन कम्पनी प्रमुख नेत्र ज्ञवाली, नलगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक रामकाजी थापा, सांसद गणेशप्रसाद सिंह, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल र नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावललगायतले स्थानीयसँग जग्गा अधिग्रहणका विषयमा छलफल गर्नुभएको छ । जाजरकोट, रुकुम र डोल्पा जिल्लामा बन्न लागेका विद्युत् आयोजनाको विद्युत् वितरण गर्नका लागि सवस्टेशन दानी पिपलमा निर्माण गर्न लागिएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिनुभयो । 

रुकुमको उत्तरगङ्गा विद्युत् आयोजना, डोल्पाको दगदला, जाजरकोटको भेरी १, २, ३ र चिसापानी डाँडागाउँ विद्युत् आयोजना, ताँसुगाड आयोजना र नलगाड जलविद्युत् आयोजनाको विद्युत् वितरण गर्नका लागि दानी पिपलमा सवस्टेशन निर्माण गर्नका लागि स्थानीयसँग छलफल गरिएको हो । 

जमीन पक्का र सबैको बीचमा दानी पिपल भएकाले यहाँको १५० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र