2026-07-27 09:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको आकाशमा प्याराग्लाइडिङ

paragliding21पुस २५, पर्बत । पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावना बोकेको पर्वत कुश्माको आकाशमा शनिवार दिउँसो प्याराग्लाइडिङ को परिक्षण गरिएको छ । र्याफ्टिङको क्षेत्रमा कहलिएको पवित्र कालीगण्डकी नदी र उर्जाको क्षेत्रमा कहलिएको उर्जा नदी (मोदीखोला) को बीचमा अवस्थित कुशुमपुर अर्थात् कुश्माको आकाशमा यस अघि पनि पटक पटक प्याराग्लाइडिङ हुँदै आएको हो ।

नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, केवुलकार मोडेलको यान्त्रिकले पर्यटकहरुलाई आकर्षण गरिरहेका बेला प्याराग्लाइडिङले समेत पर्वत थप आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । सोहि अनुसार पर्वत जिल्लाको पर्यटन प्रर्वद्धनको लागि शनिवार प्याराग्लाइलिङको सफल परिक्षण गरिएको हो । स्थानीय तथा वाह्य पर्यटन प्रवद्र्धन गर्न तथा पोखरामा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणपछिको प्याराग्लाइडिङको भविष्य पर्वत कुश्मा छ भन्ने सन्देश प्रवाह गर्न कुश्माको आकाशमा युवा संघ नेपाल पर्वतले प्याराग्लाईडिङ गरेको हो । पर्वत उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय पर्वतको अुनमतिमा जिल्लाको कुश्मा न.पा–६ दुर्लुङको सल्यान डाँडाबाट सशस्त्र प्रहरी क्याम्पसम्म प्याराग्लाइडिङ्ग गरिएको संस्थाका अध्यक्ष विमल लामिछानेले बताए । ब्लु स्काइ प्याराग्लाइडिङ्ग पोखराको प्राविधिक सहयोगमा सल्यानको डाँडाबाट प्यराग्यालाइडिङको सम्भाव्यता के कति छ भनी जानकारी लिनको लागि परिक्षण गर्ने उदेश्यले प्याराग्लाइडिङ गरिएको युवा संघ धौलागिसर अञ्चल समन्वय समितिका कोषाध्यक्ष अर्जुन पौडेलले जानकारी दिए । जिल्लामा प्याराग्लाइडिङको सम्भावना रहेको तर उडान भरी सकेपछि ल्याण्ड गर्नको लागि अलि समस्या भएको प्याराग्लाइडिङ पाइलटले बताए ।

दुर्लूङ को सल्यानमा रहेको डाँडोमा पनि केहि खाल्टाखुल्टी रहेका कारण पनि अलि उडान भर्न समस्या भएको तर जिल्लामा प्याराग्लाइडिङ गर्नको लागि त्यसको विकास गर्ने हो भने जिल्लामा प्याराग्लाइडिङको लागि सम्भावना रहेको पाइटको अनुभव छ । पोखराको सरङकोटमा प्याराग्लाइडिङको लागि ठाउँनै किटान गरेका कारण पनि सहज भएको तर पर्वतमा ठाउँ उडान भर्नको लागि ठाउँको पहिचान गर्न नसकिएका कारण पनि अलि कठिन भएको उनीहरुको भनाई छ । यदि जिल्लामा प्याग्लाइडिङलाई पर्यटकीय मनोरञ्जनको लागि आवश्यक भौतिक पूर्वधार तथा त्यसको व्यवस्थापनको लागि स्थानिय निकायले पहल गर्ने हो भने सहज भएको उनीहरुको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ