2026-09-18 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिम्मेवार बनि सेवा प्रवाह गर : मन्त्री शाही

kunti shahi

महेन्द्र केसी । माघ ७, पर्बत । संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्ती कुमारी शाहीले जिल्लामा रहेका सरकारी निकायका कर्मचारीलाई जिम्मेवार भएर सेवा प्रवाह गर्नको लागि निर्देशन दिएकी छिन् ।

जिल्ला विकास समितिको कार्यालय भनेको स्थानिय निकाय भएका कारण स्थानिय जनताको सेवा सुविधा प्रवाह गर्दा जिम्मेवार भएर गर्नुपर्ने भन्दै जनतालाई सेवा प्रवाह गर्दा अनुशासित र जिम्मेवारीका साथ सेवा दिन निर्देशन दिएकी हुन् । सरकारी कार्यालयमा भ्रष्टाचार पछिल्लो समयमा बढ्दै गएको भन्दै सरकारी कार्यालयलाई भ्रष्टाचारको अड्डाबाट सम्बोधन हुने किसिमको कार्य नगर्नको लागि समेत शाहीले आग्रह गरिन । जिल्लामा लक्षित बर्गको लागि पनि बजेट छुट्टाउन लागेको र भर्खरै जिल्लामा इलाका गोष्ठि शुरु भएको खबरले आफु खुसि भएको तर पछिल्लो समयमा विभिन्न शीषर्कमा छुट्टाइएता पनि त्यहि अनुरुप काम हुन नसकेको भन्दै त्यस्तो हुनबाट रोक्नको लागि समेत निर्देशन दिइन् । जिल्लामा इलाका गोष्ठिबाट आएका जनताका गुनासा र विकास निर्माणको आवश्यकता अनुसारको शीर्षकमा नै योजना तर्जुमा गर्नको लागि समेत उनले निर्देशन दिइन ।

योजना तर्जुमा गर्दा राजनीतिक दलको सहमतिमा भन्दा पनि जनताको आवश्यकता र गुनासा अनुसार गर्नको लागि आग्रह गरिन् । जिल्लामा स्थानिय विकास राज्यमन्त्री आउँदा पनि जिल्लामा स्थानिय विकास अधिकारी भने थिएनन् उनी तालिमको लागि पोखरा गएको जिल्ला विकास समितिको कार्यालयले जनाएको छ । जिल्लाको भौगोलिक अबस्था र यहाँको आवश्यकता र समस्याको बारेमा प्रमुख जिल्ला अधिकरी झंकनाथ ढकालले राज्यमन्त्री शाहीलाई जानकारी गराएका थिए । जिल्लाका दक्षिण क्षेत्रमा रहेका ११ वटा गाविसबाट जिल्लामा सेवा लिन आउनको लागि कठिन र दुई जिल्ला पार गर्न पर्ने स्थीति रहेको बताउँदै प्रजिअ ढकालले जिल्लाको विकासलाई विशेष ध्यान दिनको लागि आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला विकास समितिका कर्मचारी, सरोकारवाला निकायको उपश्थीति रहेको थियो ।

https://www.youtube.com/watch?v=p9fcGe5TIpY

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई