2026-09-13 06:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिमपातका कारण हुम्लाका ९० घरधुरी अन्धकारमा

माघ २८, हुम्ला । लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा तीन हप्ता विद्युत् बन्द हुँदा त्यस क्षेत्रका नागरिक अन्धकारमा बस्दै आएका छन् । 

सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा ९० घरधुरीले हिल्दुम वितरण केन्द्रबाट वितरित विद्युत् सेवा लिँदै आएको स्थानीय भक्तवीर परियारले बताउनुभयो । स्याडा गाउँका स्थानीय नागरिक मिलेर सिमकोटमा रहेको विद्युत् केन्द्रको कार्यालयमा विद्युत् अवरुद्ध भएको बारेमा जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको परियारले बताउनुभयो । 

जलविद्युत् केन्द्र हिमपातका कारण सिमकोटबाहेक अन्य गाउँमा वितरित लाइन काटेको बताउँदै आएको छ । हिमपातका कारण कुन ठाउँमा बिग्रिएको छ हेर्न नसकिएको विद्युत् कार्यालयका प्रशासन प्रमुख यमप्रकाश खड्काले बताउनुभयो । 

पाँच सय किलोवाट रहेको हिल्दुम वितरण केन्द्रले अहिले सिमकोट बजारमा १४ घण्टा विद्युत् भार कटौती गर्दै आएको छ । हिउँद महीनाको मङ्सिर लागेदेखि उक्त केन्द्रले २५० किलोवाट विद्युत् आपूर्ति गर्दै आएको प्रशासन प्रमुख खड्काले बताउनुभयो । 

हिल्दुम वितरण केन्द्रले दैनिक दिन १४ घण्टा विद्युत् भार कटौती गर्दै आउनाले सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय, बजार व्यवसायलगायत विद्युत्बाट हुने काम प्रभावित हँुदै आएका छन् । विद्युत् मर्मत नहुँदा अहिले स्याडाका स्थानीय दियालोको सहायतामा भर पर्दै आएको परियारले बताउनुभयो । 

एसइई प्रभावित 

विद्युत कटौतीले चैतमा एसइई दिन सिमकोटमा ट्युसन लिँदै आएका विद्यार्थीलाई पनि समस्या बनाएको छ । 

कोठा लिएर विद्युत्को सहारामा ट्युसन लिँदै आएका विद्यार्थीलाई दैनिक दिन १४ घण्टा विद्युत् भार कटौती हुँदा, रातिको समय पढ्न, खाना पकाएर खानसमेत समस्या भएको विद्यार्थी अमृत रोकायाले बताउनुभयो । 

“बिहान ट्युसन जानुपर्छ, दिउँसो कक्षा लिएर फर्कंदा बत्ती गएको हुन्छ, खाना खाने समय नै हुँदैन, कोठा लिएर बसेका हुन्छौँ, आगो बाल्ने चुलो हुँदैन, उता बत्ती पनि आएको हँुदैन”, एसइईको तयारी गर्दै आएका विद्यार्थी रोकायाले भन्नुभयो । वर्षेनी लाखौँ रकम खर्च गरेर विद्युत् मर्मत गरे पनि हिउँद शुरु भएसँगै हुम्लामा विद्युत् विद्यार्थीको बाधक बन्दै आएको छ । 

तीन दिनको लामो हिमपातपछि सिमकोटमा विद्युत् वितरण केन्द्रले राति ७ बजेदेखि विद्युत् लाइन बन्द गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन