२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार

२ फाल्गुन २०७५, बिहीबार १०:३५

सर्जना कार्की | फागुन २, रुकुम (पूर्व) | मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि यहाँका एक गाउँपालिकाले गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ । 

सिस्ने गाउँपालिकाले यहाँका सबै स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउनेलाई नुन र सुत्केरी हुन आउनेलाई तेल उपहार दिने गरेको हो । सरकारले घोषणा गरेको आमा सुरुक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यो कार्यक्रम शुरु गरिएको सिस्ने गाउँपालिकाका स्वास्थ्य संयोजक धनबहादुर केसीले बताउनुभयो । 

सिस्ने गाउँपालिकाको तेस्रो गाउँसभाबाट पारित गरिएको नीतिलाई गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ । नुन र तेल उपहार पाउनका लागि एक गर्भवतीले कम्तीमा चार पटक अनिवार्य गर्भवती जाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्नेलगायतका मापदण्ड पूरा गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । 

गर्भवती महिलाले एक पटक गर्भ जाँच गराएमा एक पोका, दुई पटक गराएमा दुई पोका र चार पटकसम्म गराएमा चार पोका आयोडीनयुक्त नुन उपहार दिने गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो । आयोडीनको कमिले धेरैमा समस्या देखिएकोले गर्भ जाँच गर्न स्वास्थ्यचौकीमा आउने हरेक गर्भवती महिलालाई आयोडिनयुक्त नुनको पोका उपहार दिन थालिएको उहाँले बताउनुभयो । 

“गाउँपालिकाको तेस्रो गाउँसभाले पारित गरेको नीतिलाई असोज २२ गतेको गाउँकार्यपालिकाको बैठकले अनुमोदन गरेसँगै गर्भ जाँच गर्न पुगेकालाई नुन र सुत्केरी हुनेलाई तेल उपहार दिन थालिएको हो”, अध्यक्ष बरालले भन्नुभयो, “आयोडिनयुक्त नुन उपहारस्वरुप दिँदा सानो पोका तथा थोरै देखिए पनि यसले विभिन्न प्रकारका रोगबाट बचाउने र वृत्तिविकासमा पनि सहयोग पुग्ने भएकाले यो निर्णय कार्यान्वयनमा ल्याएका छौँ ।” उहाँका अनुसार प्रत्येक पटक गर्भवतीले गर्भ जाँच गरेपछि एकपोका आयोडिनयुक्त नुनको पोका र सुत्केरी भएपछि एक लिटर तोरीको तेल पाउनेछन् । 

हाल गाउँपालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थामा औषधिका साथै आयोडिनयुक्त नुन र तोरीको तेल राख्ने गरिएको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट रकम छुट्याएर सुत्केरीलाई प्रोत्साहनभत्ता पनि दिने गरेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने कुनै पनि महिलालाई प्रोत्साहनवापत रु १०० र यातायात खर्च वापत रु ५०० गरी जम्मा रु ६०० दिने गरेको छ । 

सङ्घीय सरकारले दिने प्रोत्साहन र यातायात खर्चबाहेक सुत्केरीलाई छुट्टै प्रोत्साहन र यातायात खर्च दिने नीति गाउँपालिकाले ल्याएको हो । घरमै सुत्केरी हुने प्रचलनको अन्त्य गर्न र आमा तथा बच्चाको स्वास्थ्य सुरक्षाका लागि यो कार्यक्रम ल्याइएको अध्यक्ष बरालको भनाई छ । 

स्वास्थ्य संस्थामा गर्भ जाँच गराएपछि आयोडिनयुक्त नुन, सुत्केरी भएपछि एक लिटर तेलका साथै रु ६०० नगद दिने गरेको सिस्ने गाउँपालिकाका प्रवक्ता जीवन केसीले बताउनुभयो । आठ वडा रहेको सिस्ने गाउँपालिकामा तीन प्रसूतिगृह छन्, भने सबै वडामा स्वास्थ्य संस्था छन् । अहिले गाउँपालिकाको विभिन्न पाँच ठाउँमा सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरिएको छ भने बाँकी अन्य ठाउँमा पनि स्थापना गर्ने तयारी गरिराखेको प्रवक्ता केसीले जानकारी दिनुभयो । गाउँपालिकाका विकट गाउँमा पनि सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरी स्वास्थ्य सेवामा सहजता कायम गर्न प्रयास गरिएको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य