2026-07-25 04:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाली काग्रेसको कुश्मा नगरपालिकाको सभापतिमा जोशी निर्वाचित

माघ २१, पर्वत ।  नेपालि काग्रेसको कुश्मा नगरपालिकाको सभापतिमा युबा नेता रामचन्द्र जोशि निर्वाचित भएका छन् । उनलेले आफ्ना प्रतिद्धन्धी मोहन आचार्यलाई ७ सय ९८ मत अन्तरले पछी पार्देै निर्वाचनमा बिजयी भएका हुन् । सभापतिमा जोशिले १ हजार ४० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्धी आचार्यले २ सय ४२ मत मात्र प्राप्त गरेका छन् ।

नेपाली कांगे्रस नगरपालिकाको सचिब पदमा जोशिकै प्यानलका कमल प्रसाद पौडेल बिजयी भएका छन् । उनले ९ सय ७४ मत प्राप्त गर्न सफल भएका छन् भने प्रतिद्धन्धी दया सुबेदिले २ सय ५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी कोषाध्यक्षमा जोशिकै प्यानलका शिबराज शर्मा बिजयी भएका छन् । उनले ८ सय ५२ मत प्राप्त गर्न सफल भएका छन् ।

उनका प्रतिद्धन्धी प्रितमकुमार गुरुङले २सय ९४ मत प्राप्त गरेका थिए । त्यसैगरि जोशिको प्यानलमा सदस्यमा कालिका प्रसाद शर्मा ९ सय ७६, कुलप्रसाद पाध्या ९ सय ९९, कैशलचन्द्र रिमाल ९ सय १०, चित्र बहादुर क्षेत्रि ९ सय २०, झलक शर्मा पोखरेल ८ सय ७६, द्रपुति रिजाल ८ सय ५०,धनबहादुर भण्डारी ७ सय ८४,र सुरेन्द्र के सि ८ सय ७८ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्रिय प्रतिनिधी आदिबासी तर्फ प्रेम बहादुर गुरुङ १ हजार १०, सुन्दर प्रसाद जोशि ९ सय ७९ मत प्राप्त गरेका छन् । दलित तर्फ निर्मल बिश्वकर्मा १ हजार ७४, प्रेमबहादुर बिक ९ सय ४० र भागिरथी नेपाली ७ सय ८७ मत प्राप्त गरेका छन् ।

यता आर्चाय प्यानलको सदस्यमा कृष्णप्रसाद उपाध्याय ४ सय २८, डिल्लीराज सुबेदि २ सय ५, प्रताप लामिछाने १ सय २८, दिपकराज पौडेल २ सय ३८, फणिन्द्र शर्मा १ सय ९५,मिनाकुमारी शर्मा १ सय ७४ योगराज गिरी २ सय ४१, राम कुमार पौडेल १ सय ७२ मत प्राप्त गरेका छन् । आदिबासी तर्फ मना पुन ९ सय ४४ र युन बहादुर गुरुङ १ सय ९८ मत प्राप्त गर्नुभएको छ भने दलित तर्फ मिठाराम बिश्वकर्मा ३ सय ४५ र रामबहादुर बिक १ सय ७६ मत प्राप्त गरेका छन् । यसैगरि आदिबासी जनजाती तर्फ आचार्य प्यानलका मना पुन बाहेक सभापति, सचिब, कोषध्यक्ष लगायत ८ सदस्यमानै जोशिकै प्यानल बहुमतले बिजयी बनेका छन् । कुल १ हजार ३ सय ८० मत खसेकोमा ८ मत बदर भएको थियो । नेपालि काग्रेस कुश्मा नगरपालिका समितिमा युबाहरुकै वर्चश्व देखिएको छ ।

निर्वाचित भए संगै सभापति जोशिले कुश्मा नगर समितिलाई एकताबद्ध बनाएर लैजाने बताउँदै काग्रेसको क्रियाकलाप र गतिबिधिलाई तिब्रताका साथ अगाडि बढाउने बताउनुभयो । पर्बतमा गाउँ, नगर अधिबेशन सकिएसंगै अब क्षेत्र र जिल्ला अधिबेशनको तयारी रहेको छ । निर्वाचनमा धाँधली भएको र पुनः निर्वाचनको माग सहित मोहन आचार्य प्यानलले मतगणना वहिष्कार गरेतापनि बुधबार मतगणना सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक