२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतको खानेपानी संस्था देशकै उत्कृष्ट

२०७५, ३ फाल्गुन शुक्रबार १४:४२

फागुन ३, सुर्खेत । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशैभरीका खानेपानी उपभोक्ता संस्थामा उत्कृष्ट भएको छ । खानेपानीको संस्थागत सुधार तथा स्तरउन्नति कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गदै उल्लेखनिय सुधार गरी उत्कृष्ट छनौट भएर संस्थाले कदर पत्र समेत प्राप्त गर्न सफल भएको हो ।

नगर विकास कोषको आशिंक लागत असुली र सहभागीतामा निर्माण भएका देशैभरीका साना सहरी खानेपानी आयोजनाहरु मध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था उत्कृष्ट संस्थाको रुपमा छनौट भएको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । कोषको ३१ औ बार्षिक उत्सवको अवसरमा काठमाडौमा भएको कार्यक्रममा सहरी विकास मन्त्री मोहमद इतियार राईले संस्थाका अध्यक्ष कुलमणि देवकोटालाई उत्कृष्ट संस्थाको रुपमा कदर पत्र प्रदान गरेका छन् । प्राकृतिक रुपमा खानेपानीको स्रोतको अभावका बाजजुद खानेपानीको संस्थागत सुधार र स्तर उन्नतिलाई रचनात्मक रुपले अगाडी बढाएर उत्कृष्ट हुदै कदर पत्र प्राप्त गर्न सफल भएको देवकोटाले बताए । ‘यसले जिल्लाको प्रतिष्ठा पनि बढाउनुको साथै थप काम गर्ने हौसला मिलेको छ’ अध्यक्ष देवकोटाले भने, ‘सुर्खेत उपत्यकाबासी जनतालाई सर्वसुलव रुपमा खानेपानी सेवा प्रवाह गर्न अझै थुप्रै काम गर्न बाकी छन् तिनलाई पनि पूर्णता दिन्छौं ।’ 


नगर विकास कोषको आशिंक लागत असुली र जनसहभागीतामा आधारित देशैभरीका ७० वटा खानेपानी आयोजना मध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था पनि एउटा हो । कार्यक्रममा सुर्खेत उपत्यका खानेपानी संस्थाको साथै दमक खानेपानी उपभोक्ता संस्था, पोखरा महानगरपालिका र धनगडी उपमहानगरपालिका पनि उत्कृष्ट कदर पत्र प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा मन्त्रालयका विभागिय प्रमुख, साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवालगायतका सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै