2026-07-25 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फागुनको तेस्रो साता बृहत महिला महोत्सव हुने

माघ २४, पर्वत । फागुनको तेस्रो सातामा आठौ बृहत महिला महोत्सव हुने भएको छ । फागुन २३ देखि २६ गतेसम्म आठौ महिला महोत्सव तथा रेडियो दिदिबहिनीको छैठौ बार्षिक उत्सब हुने आइतबार सदरमुकाम कुश्मामा पत्रकार सम्मेलन गर्दै सासद एवं रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाइले जानकारी दिइन् ।

महोत्सवको उत्घाटनको लागि राष्ट्रपतिलाई पत्रचार गरिएको समेत उनले जानकारी दिइन् । महोत्सवको अबसरमा विभिन्न कार्यक्रम समेत हुने भएका छन् । जसअन्तरगत रत्यौलि प्रतियोगिता, विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिता, विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह, संस्थाहरु विचको झाँकी र ¥याली प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, शैक्षिक समाग्री, नौमती बाजाको प्रस्तु्ती, विशेषज्ञ डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य शिविर, विशिष्ट व्यक्तित्व तथा सफल उद्यमीहरुलाई सम्मान तथा कृषिजन्य उत्पादनको प्रदर्शनी फलफुल, तरकारीm मह, च्याउ, कफी, लप्सी, अदुवाका सार्थ खसी बोका बाख्रा प्रर्दशनी हुने पत्रकार सम्मेलनमा सासद चपागाइले जानकारी दिइन् ।

रेडियो दिदीबहिनीले आयोजना गरेको कार्यक्रम अन्तरगत रत्यौली प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश १० हजार, ७ हजार र ५ हजार, भजन प्रतियोगितामा १० हजार, ७ हजार र ५ हजार पुरुस्कार पाउने आयोजकले बताएको छ । त्यसैगरी विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धिति र तृतीय हुनेले क्रमश १० हजार, ७ हजार र ५ हजार, ¥याली तथा विभिन्न झाँकी प्रदर्शनीमा उत्कृष्ट हुनेले क्रमश ८ हजार, ५ हजार र ३ हजार पाउनेछ भने बक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुनेले ५ हजार, ३ हजार र २ हजार पाउनेछन् ।

अन्य कार्यक्रममा उत्कृष्ठ हुनेलाई आकर्षक पुरुस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विगतका बर्षहरुमा पनि रेडियो दिदीबहिनीले आफ्नो बार्षिकउत्सवको अबसरमा पश्चिमाञ्चल महिला महोत्सवको आयोजना गर्दै आइरहेको थियो । जिल्लामा रहेको रेडियो दिदीबहिनी महिलाद्वारा संचालित एक मात्र सामुदायिक रेडियो हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक