२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रिय जनमोर्चा पर्वतको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पौडेल

२४ माघ २०७२, आईतवार १२:५८

माघ २४, पर्वत । राष्ट्रिय जनमोर्चा पार्टी पर्वतको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिवार जिल्लाको बराचौर गाविसमा सम्पन्न भएको उक्त सम्मेलनले गोविन्द पौडेललाई पार्टीको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने उपाध्यक्षमा भोजराज उप्रेती, सचिवमा वालकृष्ण पौडेल, सहसचिवमा वु्िद्धराज गौडेल र कोषाध्यक्षमा धनराज सुनारलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी सदस्यहरु धनबहादुर क्षेत्री, कृष्ण क्षेत्री, भिमबहादुर थापा, धनमाया बस्याल, निर्मल श्रेष्ठ, जितबहादुर लामिछाने, धनबहादुर कुँवर, बावुराम न्यौपाने र अन्जु आले चयन भएका छन् । १ वैकल्पीक सदस्य पछि थप गरिने बताइएको छ । त्यस्तै ३ सदस्यीय सल्लाहकार समिति समेत चयन भएको छ । जसमा इन्द्रकान्त भुसाल, होमनाथ पराजुली र भरत श्रेष्ठ चयन भएका हुन् ।

पार्टीका ब्यापक कार्यकर्ताहरुको सहभागितामा संविधान लागु गरौं, संघियता खारेज गारौं भन्ने मुल नाराका साथ सम्पन्न उक्त सम्मेलनका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुंगानाले देशमा विदेशीको इसारामा संघियता जारी गरिएका कारण मुलुकमा नाकाबन्दी, मधेश आन्दोलन जस्ता यावत समस्याहरु मुलुकमा सृजना भएको बताए । उनले संघियताको विकल्पमा संघियता खारेज गरी पुर्ण लोकतान्त्रीक विकेन्द्रीकरण र स्थानीय स्वायत्तता सहितको एकात्मक शासन ब्यवस्था कायम गरी मुलुकको राष्ट्रियता र अखण्डताको रक्षा गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।

त्यसैगरी सम्मेलनमा अखिल नेपाल युवा संघका केन्द्रिय सदस्य कृष्ण क्षेत्री, रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सदस्य गिता थापा, पार्टीका गुल्मी जिल्ला सदस्य पुर्ण बहादुर थापा, एमाओवादीका नेत्रलाल पुरी, दलित संजाल बराचौरका समबहादुर नेपाली लगायतका थुप्रै बक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका टोलीले विभिन्न जनवादी गित तथा नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रिय जनमोर्चाका गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनको संचालन सचिव वालकृष्ण पौडेलले र स्वागत भोजराज उप्रेतीले गरेका थिए ।

– मुरारी संगम बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो