२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

ठूलोगाउँमा गुम्बाद्वारा ल्होछार कार्यक्रम सम्पन्न

२०७५, ४ फाल्गुन शनिबार १३:२८

फागुन ४, काठमाडौं । काभ्रेपाल्चोक जिल्लाको रोशीगाउँपालिका वडा नं. २ ठूलो गाउँमा ६७४ वर्षभन्दा पुरानो डोमाङ छ्योई (पुस्तक) सार्वजनिक गरिएको छ । 

जोक्पा छेन्पो थार्पालिङ गुम्बा समितिद्वारा फागुन २ गते आयोजीत शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमवीच बौद्ध धर्मललम्बीहरुको महत्वपूर्ण ऐतिहासिक डोमाङ छ्योई (पुस्तक) रगुम्बाको म्हाने पनि सार्वजनिक गरिएको हो । तामाङ समुदायको राष्ट्रिय पर्व ल्होछारको अवसरमा आयोजीति सो कार्यक्रममा तामाङ इतिहासकै कथाबोकेको नामविसुन लोप्चन (लामा गुरु) को छ्योई र तत्कालिन गुम्बाको म्हानेलाई स्थानीयतथा सहभागीहरुले दर्शन गर्ने अवसर पाए । तिब्बतबाट नेपालआगमनहुने क्रममा ठूलो गाउँलाई विसुन लोप्चन (लामागुरु)ले बासास्थानको रुपमा स्वीकार गरी बसोबास गर्दै आएको इतिहास छ । 


वि.सं. १४०१ सालमा स्थापितथार्पालिङ गुम्बाभत्किएर जीर्ण भएपछि सोहीगुम्बाको आस्था र चिनारीकालागिहाल समितितयारी गरी गुम्बापुनःनिर्मार्ण गर्न लागिएको समितिका अध्यक्ष भिमबहादुर लोप्चनले जानकारी दिए । उक्तगुम्बाको महत्वपूर्ण धार्मिक ग्रन्थतथा सामाग्रीहरुलाई संरक्षण गरी परापूर्वकालको इतिहासलाई जीवन्तदिनगुम्बानिर्माणको आवश्यकता रहेको उल्लेख गरे । अहिले ३ तलाको गुम्बानिर्माणका लागि समितिलागि परेको बताउँदैसहयोग गर्न सरकार र स्थानीयवासीहरुलाई आह्वन गरेको छ । गुम्बानिर्माण गर्न १ करोड ३६ लाख २ सय २२ रुपैया खर्च लाग्ने बताए । 


गुम्बाद्वारा आयोजीत सोही कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहेको प्रतिनिधि सभा सांसद गंगाबहादुर तामाङले गुम्बालेतामाङतथाबौद्र्धधर्मलम्बीहरुको मात्रनभई रोशी र काभ्रेकै इतिहासको रुपमापहिचान गराउने भएकोले गुम्बाकामहत्वपूर्ण सामाग्रीहरु संरक्षणका साथै गुम्बानिर्माण गर्न आवश्यक रहेको बताए् । गुम्बानिर्माण गर्न सरकार र व्यक्तिगतहिसाबले पनि सहयोग गरिने प्रतिवद्धतता व्यक्तगर्दै समुदायभित्रको संस्कृति, संस्कार र मूल्य मान्यतालाई बचाई राख्न सबैकोदायित्व रहेको उल्लेख गरे । सांसद तामाङले आफ्नो निर्वाचन क्षेत्रभित्रका हरेक धार्मिक तथाप्राकृतिक सम्पदाहरुको खोजि गरी संरक्षण र जर्गेना गरी पर्यटनको विकाससंगै आर्थिक परिवर्तनको बाटो अबलम्बन गर्न पनि सबैलाई आग्रह गरे । 

त्यस्तै प्रदेश सांसद चन्द्र लामाले धर्म, संस्कार, भाषातथा संस्कृतिलेअनुशासन र मूल्यमान्यताको विकास गरेको उल्लेख गर्दै समुदायभित्र रहेको हरेक संस्कृतिको जर्गेनागर्दै लैजानुपर्ने बताए । सांसद लामाले पनि सो गुम्बानिर्माणमा प्रदेश सरकारबाट बजेट निकासागरिदिने प्रतिवद्धतता गरे । सोही वडाका अध्यक्षपोते लामाले पनिगुम्बाविहारले मानव कल्याण तथाधार्मिक पहिचानझल्किने भएको हुनाले पुनःनिर्माण हुनालागिएको जोक्पा छेन्पो थार्पालिङ गुम्बालाई आफ्नो वडाबाट आर्थिक, भौतिकतथा सामाजिक रुपमा सहयोग गरिने प्रतिवद्धतता व्यक्त गरे । त्यस्तै वडा नं. ३ काअध्यक्षधनजीतलामाले पनि कार्यक्रममा शुभकामना मन्तव्यसहित उक्त गुम्बा निर्माणमा सबै स्थानीय तथा सरोकारवालालाई सहयोग गर्न आह्वनगर्दै आफ्नो वडा कार्यालयबाट समेत सहयोगको प्रतिवद्धतता गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता