२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पार्टी सभापतिको लागि म योग्य छु: सिके

१ फाल्गुन २०७२, शनिबार १०:३५

basantabahadurफागुन १, पर्बत । नेपाली काँग्रेस पर्वतको सभापतिमा उम्मेदवारी दिएका बसन्तबहादुर सिकेले आफु भावी सभापतिको लागि योग्य भएको दाबी गरेका छन् ।

क्रवार जिल्लामा पत्रकार सम्मेलन गरी आफू जिल्ला सभापतिको लागि योग्य भएको बताएका हुन् । “ पार्टीको लागि मैल ४० बर्ष भन्दा बढी योगदान दिएको छु, सभापतिको उम्मेदवारी दिएका मेरा प्रतिद्वन्द्वी भन्दा म बरिष्ठ छु, म पार्टीको भावी सभापतिको लागि योग्य छु” उनले भने ।

२०३१ सालदेखि आफु पार्टीमा निरन्तर सक्रिय रुपमा लागेको र धौलागिरी अञ्चल संवन्मय समितिमा समेत मनोनित भएको बताउँदै नेका पर्वतको भावी सभापतिको लागि आफ्ु बाहेक अरु योग्य नभएको दाबी गरेका हुन् । उनले निर्बतमान् र हालसम्म भएका जिल्ला सभापतिले लोकतान्त्रि र बैचारिक रुपमा सहमति बाताबरण कायम गर्न नसकेको र नियमित बैठक समेत संचालन गर्न नसकेको आरोप लगाएका छन् ।

“यदी म जिल्ला सभापति भए भने जिल्लामा गुटबन्दीको अन्त्य गरी कार्यकर्तालाई प्रशिक्षण गरी नियमित बैठक तथा विचार आदानप्रदान गर्ने र पार्टीको भवन निर्माणमा आफ्न लाग्ने” मा उनको जोड छ ।

सिकेले आफु चिट चारेर भावी सभापति नुहने र चिट चोर्ने प्रविधिको अन्त्य गर्नको लागि समेत आफू तल्लीन रहेने बताए । “ म चिट चोर्ने प्रविधीको विरोधी हुँ, म चिट चारेर भावी जिल्ला सभापति बन्दीन यदी चिट चोर्ने खेल खेलीयो भने आफुले सहन गरेर पनि बस्दीन” उनले भने ।

फागुन ३ मा निर्वाचन नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको निधनका कारण रोकिएको जिल्ला अधिवेशन भने फागुन ३ गते हुने भएको छ ।

पर्वत जिल्लाको सभापतिका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा खगेन्द्र तिवारी, खिमप्रसाद भुसाल र बसन्तबहादुर सिके सभापतिका दाबेदारका रुपमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो