2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

नौ हजार परिवारलाई खानेपानी योजना

फागुन ७, काभे्रपलाञ्चोक । तेमाल क्षेत्रमा नौ हजार ३१० परिवारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ । 

कूल रु एक अर्ब २७ करोडको लागतमा सञ्चालन गरिएको सो आयोजनाको ४० प्रतिशत काम सकिएको तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिनुभयो । सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । सरकारको ९० तथा स्थानीय उपभोक्ताको १० प्रतिशत लगानीमा आयोजना बन्न लागेको हो । विसं २०७२ असारमा सम्झौता भएको आयोजनाको काम आउँदो २०७७ साल मङ्सिरभित्र सक्ने लक्ष्य छ । 

उक्त खानेपानी आयोजनाबाट तेमाल क्षेत्रका मेथिनकोट, कटुञ्जे, कानपुर, सस्र्यूखर्क, सरमथली, बोल्देफेदिचे, पोखरी नारायणस्थन, चापाखोरी र मेच्छेका बासिन्दा लाभान्वित हुनेछन् । आयोजनाको नदीमा फिल्टर गर्ने चार ट्याङ्की तथा तेमालको वाङ्देल डाँडामा चार लाख लिटर क्षमताका दुई रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको लिफ्टििङका लागि १३ पम्पले पानी तान्नेछन् । ती पम्पले रिजर्भ ट्याङ्कीमा प्रतिसेकेण्ड २३ लिटर पानी तान्ने अध्यक्ष लामाले बताउनभुयो । आयोजनाको खानेपानी विस्तारका लागि २३ ट्याङ्की, ११ सुरक्षागार्ड घर, एउटा खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने कार्य एकैसाथ भइरहेको छ । 

तेमाल गाउँपालिका–५ का हेमलाल तामाङले पानीकै कारण ‘तेमालमा छोरी दिनुहुन्न’ भन्ने पुरानो समस्या बृहत् खानेपानी आयोजनाले टर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले घरघरमै खानेपानी पाउँदा खुशी पनि छौँ ।” उहाँले भूकम्पपश्चात् खानेपानी समस्याकै कारण विस्थापित हुनुपर्ने अवस्था आइसकेको सुनाउनुभयो । सो गाउँका बासिन्दा अहिले पनि दुई घण्टाको पैदल दूरीबाट कुवाको पानी लिन बिहानैदेखि पालो कुर्नुपर्ने बाध्यता छ । कुवामा दिनहुँ लामो लाइन लाग्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई