2026-09-13 01:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विजयनगरमा हुने मुशायरा (गजल) कार्यक्रममा प्रचण्डले सम्वोधन गर्ने

माधव बेल्वासे । फागुन ७, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा मुशायरा (गजल) कार्यक्रम हुने भएको छ । कार्यक्रमले विजयनगरको पहिचान राष्ट्र तथा अन्तराष्ट्रिय स्तर सम्म पुग्ने विश्वासले कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय तथा भारतिय कविहरुले मुशायरा गाउँने कार्यक्रमको रहेको छ ।मंगलवार पत्रकार सम्मेलन गरि यहि फागुन १० गते गाउँपालिकाको हरीबोध प्रा.वि.को प्राङ्गणमा कार्यक्रम हुने आयोजक विजयनगर गाउँपालिकाले जनाएको छ । 

मुशायरा (गजल) कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै नेपालका लागि भारतिय राजदुत मन्जीवसिंह पुरी, भारतिय पूर्व मन्त्री शिवपाल यादिव लगायत नेपाल शिर्ष नेताहरुको उक्त कार्यक्तममा सहभागीता रहने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए ।

कपिलवस्तुको विजयनगर गाँउपालिकाले सवै तहवाट पछाडी परेकोले यस क्षेत्रमा राष्ट्रिय स्तरका व्यक्तिहरुलाई ल्याउन प्रयास गरेको उनले वताए।“मुशायरा कार्यक्रमले गाउँपालिकालाई परिचित गराउने छ,सवै धर्म जातजातीलाई समेटेर कार्यक्रम आयोजना भएको छ” थापाले भने ।

कार्यक्रमको लागी युवा,महिला विभिन्न राजनितिदल,शिक्षक लगाएत स्थानिय वुद्धीजिविहरु सग छलफल र समन्वय भइसकेको थापाले जनाए । अहिले कार्यक्रममा स्टेज निमार्ण,गेट निमार्ण लगाएतका कामहरु भइरहेको छ । कार्यक्रममा दशौं हजार दर्शक ल्याउने गरी तयारी भइरहेको उनले जनाए ।

मुशायरा कार्यक्रममा भारतका कवि जोहर कानपुरी, सोरभ जैन, सबिना अदिब, अनामिका अम्बर, डा.अनिल चौवे, रमेश बासुरी, विकास बौखर साथै नेपालका जाहिद अजाद लगाएतका कबिहरु रहने छन् । यस कवि मुशायरा सम्मेलन भव्य सभ्य रुपमा सम्पन्न गर्नको लागी सवैको सहयोग आवश्यक रहेको अध्यक्ष थापाले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले यस मुशायरा कार्यक्रमले दिर्घकालिन रुपमा जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।गिरीले कार्यक्रमलाई सफल पार्न संचार माध्यमले सकारात्मक भुमीका खेल्नुपर्नेमा जोड दिए । त्यस्तै पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालले कार्यक्रम वारे आम नागरिकलाइ जानकारी दिन जिल्लाका सम्पुर्ण संचार माध्यमले प्रचार प्रसार गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले