2026-10-15 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशका तीन पत्रकार पुरस्कृत

फागुन ८, सुर्खेत । राष्ट्रिय समाचार समितिको ५८औं स्थापना दिवसको अवसरमा कर्णाली प्रदेशका तीन जना राससकर्मीहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा सुर्खेतबाट दिपेन्द्र शर्मा, हुम्लाबाट दाने बाहोरा र जुम्लाबाट उपेन्द्र न्यौपाने छन् ।

पुरस्कृत स्थानीय समाचारदाताहरुलाई कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जनही रु.पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए ।  उत्कृष्ट समाचार लेखनतर्फ शर्मा, उत्कृष्ट फोटोतर्फ बोहोरा र उत्कृष्ट आलेख लेखनतर्फ न्यौपाने पुरस्कृत भएका हुन् ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले राष्ट्रिय समाचार समितिले समयानुकूल गतिशील हुनपर्ने सुझाव दिए । ‘मुलुकको संघीयतामा राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले विज्ञान र प्र्रविधिको संसारमा नेपालको रासस अब पहिलो मात्र होइन, प्रथम र द्रुत बन्न सुझाए । ‘समयानुकूल आफूलाई बदल्न सक्नेहरु मात्र आफ्नो अस्थित्व कायम गर्छन् । त्यसैले राससले आफूलाई समायानुकुल परिवर्तन र पुनःसंरचना गर्नुपर्दछ’ भण्डारीले भने । सरकारको आधिकारीक मिडियाको रुपमा स्थापित राससले रचनात्मक ढंगले समाचार प्रस्तुत गरेर नागरिकलाई सचेत बनाउँदै आएको मन्त्री भण्डारीले टिप्पणी गरे । ‘कर्णाली सरकार मिडियामैत्री रहेको छ’ उनले भने, ‘यसको लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रक्रमहरु अघि बढाएका छौ ।’

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. दिपेन्द्र रोकायले कर्णाली प्रदेशका ८९ वटै स्थानीय तहबाट काम गर्ने गरि रासस अघि बढ्न सुझाव दिए । रोकायले इतिहासदेखि नै राससको भूमिका महत्वपूर्ण रहेको औल्याए । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले संघीयतालाई बलियो बनाउन राससको भूमिका महत्वपूर्ण हुने बताए । कर्णाली प्रदेशमा राससको आफ्नै भवनबाट काम गर्ने गरी रासस अघि बढ्नुपर्ने उनले सुझाव दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक मोहन आचार्य, नेकपाका प्रतिनिधि डण्डीप्रसाद शर्मा, नेपाली काँग्रेसका पार्टी प्रतिनिधि अनन्त पौडेल, राप्रपाका प्रतिनिधि सन्तोषी सिंहलगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन