फागुन ८, काठमाडौँ | बैदेशिक रोजगार बिभागको प्रदेश १ स्थित कार्यालयबाट शुक्रबार श्रम स्वीकृतिको स्टिकर दिने कार्य स्थगित हुने जानकारी दिएको छ |
बिभागको बिराटनगर कार्यालयले एक सूचना जारी गर्दै बिशेष कारणबस २०७५ फागुन १० गते शुक्रबारका दिन श्रम स्वीकृतिको स्टिकर दिने कार्य स्थगित हुने जनाएको हो |
बिभागले सूचना मार्फत भनेको छ 'सेवाग्राहीलाई यसबाट पर्न जाने असुविधाका लागि क्षमाप्राथी छौं |' बिभागले के कारण शुक्रबार श्रम स्वीकृति दिने कार्य रोकेको भन्ने बारे कुनै कारण खुलाएको छैन |