२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्यटकको रोजाईमा बन्दना

२०७२, २० फाल्गुन बिहीबार ०५:०२

paryatakफागुन २०, पर्बत । शान्त, सफा र स्वच्छ वाताबरणको माहोल भएको होटल बन्दना प्रालि बाग्लुङ पोखरा राजमार्गको नजिक साझा चोकमा अबस्थीत छ ।

२२ बर्षदेखि सेवा कुश्माबजारबाट सेवा दिदै आएको होटल बन्दना अहिले आफ्नै भवनबाट सेवा दिइरहेको छ । सात तले घरबाट सेवा प्रवाह गरेको बन्दना होटल जिल्लाकै आकर्षक र राम्रो होटल हो। सात लाखको लागतमा निर्माण भएको नयाँ भवनबाट अहिले जिल्लाको सदरकमुकाम कुश्माको दृश्य राम्रोसँग अबलोकन गर्न समेत पाइन्छ । यस्तो लाग्छ जिल्लाको सदरमुकाम अबलोकलनको लागि तयार पारिएको जस्तो देखिन्छ ।

बाहिरबाट हेर्दा जति राम्रो देखिन्छ त्यतिनै भित्रपनि मनमोहक छ बन्दना । पर्वत थापाठाना निवासी कृष्णप्रसाद श्रेष्ठको एकल प्रयासमा सञ्चालनमा रहेको होटल बन्दना प्रालि, होटल एण्ड रेष्टुरेण्ट हुँदै प्रालि अन्तर्गत समाहित भएर पछिल्लो समयमा आफ्नै भवनमा ६ करोड ५० लाखको लगानीमा स्थापित भएको हो । प्रालिले २०७२ मंसिर १८ देखि पोखरा बागलुङ राजमार्ग अन्तर्गतको साझा चोकभन्दा केही माथिबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

paryatak1

सात तले भवन निर्माण गरी सेवा शुभारम्भ गरेको उक्त होटल बन्दना प्रालिका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले व्यवसायिक रुपमा मात्रै नभई पर्वत जिल्लाका पर्यटन प्रबद्र्धनमा पनि आफुले सञ्चालन गरेको होटलले टेवा पु¥याउने दावी गरे । कुनको कुरामा पनि सार्थक नभएको पनि हैन जिल्लामा बन्दना प्रालि जस्ता अरु होटलको विकास भएको छैन भन्दा पनि फरक नपर्ला ।

जिल्लामा पछिल्लो समयमा होटल संचालनको माहोल बढेता पनि होटलबन्दनाको छवि अरु होटल भन्दा उच्चनै छ । जसका कारण पनि साधरण नागरिक देखि मन्त्रीसमेतलाई बन्दनाले स्वागत गर्न पाएको छ । पछिल्लो समयमा पर्वत जिल्लामा पर्यटकीय सम्भावना रहेको तर त्यसका खातिर उपयुक्त होटल व्यवस्थापनमा कमी देखिएकोले आफुले सञ्चालन गरेको होटल बन्दनाले त्यसलाई सहयोग पुग्ने सञ्चालक श्रेष्ठले बताए ।

५ सय देखि १ हजार सम्मको क्याटरिङ्ग व्यवस्था भएको बताउँदै उनले होटल बन्दनामा ५० देखि १ सय जना सम्म अट्न सक्ने तालिम हलको सुविधा, २ सय देखि २ सय ५० जना सम्म अट्न सक्ने कार्यक्रम हलको व्यवस्था गरिएको समेत उनले बताए ।

एक पत्रकार सम्मेलनका अवसरमा सञ्चालक श्रेष्ठले नयाँ भवनमा ४५ वटा आगन्तुक कोठा रहेको बताउँदै ती रुमहरुमा झण्डै १ सय जना पाहुनाहरु आरामदायी रुपमा बसोबास गर्ने व्यवस्था मिलाउन सक्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

विगतका समयमा उपयुक्त बसोबास नभएका कारण छिमेकी शहर पोखरा लगायत अन्यत्र पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहजै रुपमा सहज र आरामदायी बसोबास दिलाउने र पर्वतको पर्यटन विकासमा टेवा पु¥याउने होटलको लक्ष्य रहेको प्रष्टाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू