२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सान्नीत्रिबेणी बासीहरुको त्रास अझै घटेन, ६ दिनपछि बल्ल मन्त्रालयको तोक आदेश

२०७५, ११ फाल्गुन शनिबार ०५:४५

दलसिंह गिरी | फागुन ११, कालिकोट | सान्नीत्रिबेणी १ र २ का बासिन्दाहरु हिजोआज दिनमा घरभित्र ढुक्कसंग आरामले लामो समय बस्न सक्दैनन्, साझ पर्यो कोही आफन्त कहाँ, कोही पालमनी त कोही आफ्नै गोठखरकमा रात विताउन बाध्य छन्, कोही भने घरमा चोरीहुने डरले आफ्नो ज्यानको प्रवाह नगरी घर कुर्न बाध्य छन् । गाउँमा भएको एउटा विद्यालय समेत केही दिन देखि बन्द छ, बाटोमा हिड्दा, धारा पँधेरामा जाँदा समेत मानिसहरुमा त्रास नै त्रास छ । 


झट्ट हेर्दा उ बेलाको १० बर्षे द्वन्द्वकालिन अवस्था जस्तै देखिने त्रासपूर्ण अवस्था यो कुनै द्वन्द्वकालिन अवस्थाले निम्त्याएको त्रास होइन । मात्र एउटा भिमकाया (अत्यधिक ठूलो) ढुंगाले निम्त्याएको त्रास हो । तल करिव १ सय घरधुरीको बस्ती छ, बस्ती संगै गाउ“पालिकाका ३ वटा १, २, ३, वडाका १ हजार बढी बालबालिका तथा किशोर किशोरी पढ्ने विद्यालय छ, संगै स्वास्थ्य चौकी पनि छ । माथि पखेरा ठाउँ–ठाउँमा विभिन्न जात–जातीहरुका बस्तीहरु छन् ।

ग्रामिण बस्तीमा सडक यातायातको पहुँच पुर्योउने उद्देश्यले गाउँपालिकाले थालेको सडक निर्माण अभियान अन्तर्गत १ र २ वडामा केही दलित बस्ती र केही गैरदलित बस्ती रहेको भूभागको माथिबाट सडक निर्माण गर्ने क्रममा एउटा भिमकाया ढुंगा मुनतिरबाट स्काभेटर (डोजर)ले खन्दा ढुंगामुनीको माटो भासी ढुंगाले आफ्नो स्थान छाड्न थालेपछि गाउँबस्ती मै खस्ने डरले पुरै बस्ती त्रसित बनेको छ ।


ढुंगा खस्ने प्रवल सम्भावनाको सूचना पाउदा साथ स्थलगत अवलोकन गरेको स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयबाट तत्काल जोखिम ब्यवस्थापन गरिने आश्वासन पाएका स्थानीयको धैर्यता अब आक्रोशमा बदलिन थालेको छ । 

दैनिक जासो स्थानीय सरकार (गाउँपालिका)लाई फोन गरी जोखिम ब्यवस्थापनको प्रक्रिया के भयो भन्दै घच्घच्याई रहेका स्थानीयहरु, अब सामाजिक संजालमार्फत केन्द्र सरकारलाई समेत आफ्नो आक्रोस ब्यक्त गर्न थालेका छन् । फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमा आफ्ना आक्रोसित अभिब्यक्ति पोष्ट गर्दै स्थानीयहरु सोझा–साझा जनतालाई उ बेलाको द्वन्द्वकालमा झै बम बारुद बर्षाउनु पर्ने भए अरबौ–खरबौ राज्यको ढुकुटी खर्चेर २४ हैन १२ घण्टा भित्रै आफ्नो शक्ति प्रदर्शन गथ्र्यौ होला सरकार, तर खै हामी जोखिममा प¥यौ हाम्रो घरबार उठीबास हुनलाग्यो, हामीलाई फुक्का आश्वासनका पोका हैन मात्र भिमकया ढुंगालाई फुटालेर हाम्रो घरबार तहस्–नहस् हुनबाट बचाईदेऊ भन्दा पनि नसुन्ने सरकार भन्दै आक्रोस ब्यक्त गर्न थालेका छन् । 


यता तत्काल सम्भावित घटनाको बारे पूर्ण जानकारी पाएको सरकारले जानकारी पाएको ६ दिन पछि बल्ल आवश्यक प्रक्रिया अगाडी बढाउन तोकआदेश दिएको छ । गाउमा ढुंगा खस्नै लागेको सूचना पाउदा साथ गएको शनिवार घटना स्थलमै पुगी जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयले स्थलगत रिपोर्ट सहित केन्द्रसरकारलाई जानकारी गराएको थियो । 


जानकारी पाएको ६ दिनपछि बल्ल आज फागुन १० गते रक्षा मन्त्रालयले तोक आदेश दिएको हो । गृहमन्त्रालयले पठाएको पत्रमार्फत श्री प्रधान सेनापतीको सैनिक सहायक अड्डा, जंगीअड्डा काठ्माण्डौ, जानकारी एवं आवश्यक कारवाहीका लागि अनुरोध छ भन्दै रक्षाले तोक आदेश गरेको हो । 


हुन सक्ने सम्भावित घटना ब्यवस्थापनका लागि निर्देशनात्मक पत्र पाउदा साथ जोखिम ब्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाउन आफु तयार रहेको जिल्ला प्रशासन तथा जिल्लाको सुरक्षा निकायले जनाएको छ । ‘विपद कुनै बाजा बजाएर आउदैन’, समयमै सबै सचेत बनौ विपद न्यूनिकरणका उपायहरु अपनाऔं भन्दै विपद ब्यवस्थापनको अभियान निरन्तर चलाईरहेको सरकारले भिमकाया ढुंगाले निम्त्याउन सक्ने जोखिमपूर्ण अवस्थाको पूर्व जानकारी पाइसकेपछि यसको तत्काल ब्यवस्थापनका लागि अलमल नगरी चाँडो भन्दा चाँडो विपद ब्यवस्थापन टोली खटाई ढुंगाकै कारण मानव बस्तीमा हुन सक्ने धनजनको क्षति रोक्नु राज्यको प्रमुख दायित्व रहेको जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला