2026-10-30 05:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

दुनै एक सातादेखि अन्धकारमा

फागुन ११, डोल्पा | जिल्ला सदरमुकाम दुनै एक सातादेखि अन्धकार भएको छ । 

दुनैमा पर्ने जैरीगाड जलविद्युत् आयोजनाको नहरमा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको हो । विद्युत् उत्पादन केन्द्रको नहरमा ७० मिटर माथिबाट खसेको सुख्खा पहिरोका कारण ६० मिटर नहर भत्किएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

पहिरोले नहरमा गाडिएका फलामका पाइप भाँच्चिएका छन् । विद्युत् आपूर्ति बन्द भएपछि सदुरमुकाम दुनैसहित आसपासका एक हजार २०० घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन् । पहिरो पन्छाएर विद्युत् सेवा सूचारु गर्न करीब एक महीना लाग्ने स्थलगत अनुगमनमा पुगेका सरोकारवालाले बताएका छन् । 

उक्त जलविद्युत् आयोजना पटक–पटक अवरुद्ध हुँदै आएको छ । एक वर्षमा चार महीना मुस्किलले विद्युत् सेवा लिँदै आएका दुनैवासीले कैयौँ रात अन्धकारमै गुजार्नुपर्ने बाध्यता रहेको स्थानीयवासी ओमेन्द्र केसीले बताउनुभयो । 

तत्काल सबै निकायको बैठक बसी अनुदान र जनश्रमदानबाट विद्युत् सेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइने ठूलीभेरी नगरपालिका–३ का वडाध्यक्ष अर्णबहादुर न्यौपानेले बताउनुभयो । विद्युत् सेवा बन्द भएपछि सरकारी तथा गैरसरकारी कार्यालयका कामसमेत प्रभावित भएको छ । दुनै बजार सोलार र जेनेरेटरको भरमा चलेको छ । 

जिल्ला प्रशासनबाट उपलब्ध हुने नागरिकता, राहदानी लगायतका सेवा लिन आवाश्यकपर्ने कागजात फोटोकपी गर्न तथा फोटो निकाल्नका लागि सर्वसाधारण चर्को मूल्य तिरेर जेनेटर र सोलारबाट काम गराउन बाध्य छन् । विद्युत् अवरुद्ध भएको फाइदा उठाउँदै स्थानीय व्यापारीले एउटा फोटोकपीको रु २०, एक प्रति इमेल गरेको रु ५० र चारप्रति फोटो निकालेको रु ४०० सम्म लिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल