७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

सय हेक्टरमा सुन्तला बगैँचा

११ फाल्गुन २०७५, शनिबार ०९:३२

फागुन ११, दुल्लु | दैलेखको दुल्लु क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १०० हेक्टर जमीनमा सुन्तलाको बगैँचा बनाउने भएको छ । 

उक्त परियोजनाको कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले आगामी आर्थिक वर्षमा दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका १०० हेक्टर जमीनमा सो बगैँचा बनाउन लागेको हो । 

उक्त बगैँचाको व्यवस्थापन, मलखाद, सुन्तलाको बोट काँटछाँट, सिँचाइ, प्रशोधनलगायत तालीम सञ्चालनका साथै पोष्ट हार्भेट सेन्टर र कस्टमर हेयरिङ सेन्टर स्थापना, भकारो सुधार, साना सिँचाइ, बीमा व्यवस्थापनलगायत योजना तर्जुमा गरिएको एकाइ प्रमुख राजु भुजले बताउनुभयो । 

“कृषकको लापर्बाही र आवश्यक प्राविधिक ज्ञानको अभावका कारण सुन्तला खेतीमा केही समस्या देखापरेका थिए”, उहाँले भन्नुभयो, “दुल्लु नगर र भैरवी गाउँपालिकामा सुन्तलाखेती व्यवस्थित गर्नका लागि हामीले अहिले बगैँचामै गएर तालीम दिएका छौँ ।” गत वर्ष कृषकलाई दिइएका औजारसमेत हराएको बताउँदै प्रमुख भुजले सुन्तलाको बोटमा आवश्यक मल र सिँचाइ अभावले बोट मर्ने गरेको बताउनुभयो । 

आगामी वर्षदेखि प्रत्येक कृषकको घरघरमा सिँचाइका लागि पोखरी निर्माण गर्ने र यो वर्ष बोटमा देखापरेको समस्या न्यूनीकरण गर्न हालसम्म ३०० भन्दाबढी कृषकलाई विषादी औषधि वितरण गरिएको जानकारी दिँदै उहाँले परियोजनालाई सफल बनाउन ५० प्रतिशत लगानी कृषक र बाँकी ५० प्रतिशत परियोजनाको रहेको एकाइ प्रमुख भुजले जानकारी दिनुभयो । 

चालू आवमा यहाँका कृषकले ६५० हेक्टर जमीनमा सुन्तलाखेती गरेकामा करीब रु पाँच करोड बराबरको सुन्तला उत्पादन भएको थियो । यसअघि दुल्लु नगरका १३ वटै वडा र भैरवी गाउँपालिकाका ३ देखि ७ वडासम्म सञ्चालित कार्यक्रम चालू आवदेखि भैरवी गाउँपालिकाका दुई वडासमेतलाई समेटिएकोे छ । परियोजनाले सुन्तलाखेती गर्ने किसानलाई कम्पोष्टमल मात्रै प्रयोग गर्न आग्रह गरेको छ । गत असोजमा यहाँ उक्त एकाइको कार्यालय स्थापना गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने