२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फागुन २८, २९ र चैत १ मा हात्तिपाइले रोगको औषधी खुवाइने

२०७२, २४ फाल्गुन सोमबार ०६:४९

फागुन २४, पर्वत / हात्तिपाइले रोग निवारणको लागि जिल्लामा हात्तीपाइले रोगको औषधी खुवाइने भएको छ । यहि फागुन २८, २९ र चैत १ जिल्लाका १ लाख भन्दा बढी मानिसहरुलाई हात्तीपाइले रोगको औषधी खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले सोमबार पत्रकार सम्मेलन गरी जानकरी दिएको छ । हात्ती पाइले रोगको संक्रमण देखिएका ६१ जिल्लामा मध्ये नेपाल सरकारले यस बर्ष ३५ जिल्लामा यो रोगको औषधी खुवाउने भएको छ। जसमध्ये पर्वतमा पनि यो रोगको औषधी खुवाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हात्तीपाइले रोगको १३ प्रतिशत जिल्लामा अझै कबरेज गर्न बाँकी रहेका कारण यो बर्षपनि जिल्लामा हात्ति पाइले रोगको ओषधी खुवाउने अभियान संचालन हुन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिए । फाइलेरिया नामक पोथी लामखुट्को टोकाइबाट सर्ने यो रोगका कारण संक्रमण भएको भाग सुन्निुको साथै आकार बढ्दै जाने गर्दछ । २ देखि ४ बर्षको उमेर समुहकालाई डिइसी १०० ग्रामको एक चक्की र ४०० ग्रामको अलविन्डाजोल एक चक्की, ६ देखि १४ उमेर समुहकालाई डिइसी १०० ग्रामको २ चक्की र ४०० ग्रामको अलविन्डाजोल एक चक्की र १५ बर्ष भन्दा माथिका उमेर समुहका मानिसलाइ डिइसी १०० ग्रामको ३ चक्की र ४०० ग्रामको अलविन्डाजोल एक चक्की खानुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो रोगको औषधी २ बर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी आमाहरु, सिकिस्त विरामीहरु(जसले दैनिक क्रियाकलाप गर्न सक्दैन, ओछ्यानमा परेको, कुनै कडा रोगको लागि औषधी सेवन गरिराखेको जस्तो क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घरोगी, मुगी(छारे रोग) रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ बर्ष मुनीका बालबालिकाहरु) लाई खुवाउन नहुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ भने ७० बर्ष भन्दा माथिका उमेर समुहको स्वास्थ्य परिक्षण गरेरमात्र औषधी खुवाउन सकिने छ । यो रोगको लक्षण भएको रोगीलाई औषधी सेवन गरेपछि हल्का ज्वरो आउने तथा रिगटा लाग्ने ,वाकवाक आउने, हुन सक्ने तर आत्तिनुपर्ने आवश्यक नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

विश्वमा हात्ती पाइले रोगका झण्डै १२ करोड मानिसहरुमा संक्रमण देखिएको छ । जसमध्ये १.५ करोड हात्तीपाइले र २.५ करोडमा अण्डकोष तथा यौनाङ सुनिने पाइएको छ भने २ तिहाई मानिसहरु (८ करोड) मा साधरण खाले लक्षणवा बाहिरी संक्रमण नदेखिएको अबस्था छ । भने, नेपालमा कुल जनसंख्याको ९० प्रतिशत रोगको प्रभाभित क्षेत्रमा रहेको अन्ुमान गरीएको छ । हिमाली १२, पहाडी २ गरी १४ जिल्लामा यो रोगको समस्या देखिएको छैन । यो रोगका संक्रमण देखा परेका कुल जिल्ला मध्ये ३५ जिल्लामा यो बर्ष औषधी खुवाउने र सन् २०२०मा देशबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारले लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट